दिनेश एफएमको समाचार प्रभाव : नगर क्षेत्रका सडकमा राखिएका निमार्ण सामाग्री हटाउन ७ दिने सुचना जारी

0

 दीपक जोशी, धनगढी, १ कार्तिक  ।

धनगढी उपमहानगरपालिकाले  नगर क्षेत्रका सडकमा राखिएका निमार्ण सामाग्री हटाउन ७ दिने सुचना जारी गरेको छ । तीव्र शहरीकरण भैरहेको धनगढीमा सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा बजार क्षेत्र नै अस्तव्यस्त बनको भन्दै दिनेश एफएममा समाचार प्रसारण भएको भोलीपल्टै उपमहानगरपालिकाले सुचना प्रकासित गर्दै उक्त सामाग्रीहरु तत्काल हटाउन आग्रह गरेको हो  ।

उपमहानगरपालिकाले नियम बिपरित सडकमा राखिएको निमार्ण सामाग्री नहटाएमा जफत गरिने चेतावनी दिएको छ । सवारी आवगमन तथा पैदल यात्रुलाई समेत सास्ती हुने गरी ढुङ्गा, गिट्टी बालुवा राख्ने प्रवृत्ति बढ्दा बजार अस्तव्यस्त बनेकाले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन सुचना जारी गरिएको धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले बताउनुभयो । उहाँले सात दिनपछि पनि आवागमनमा अवरोध हुने गरि राखिएका निर्माण सामाग्री नहटाए जफत गरिने बताउनुभयो । वजार क्षेत्रका मुख्यसँगै सहायक सडकहरुमा जथाभावी रुपमा निर्माणका लागि बालुवा, ढुङगा र गिटी लगायतका निर्माण सामाग्री राख्दा सवारी जाम भई कतिपय ठाउँमा दुर्घटनाको जोखिम बढेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved