This is a test

दार्चुलामा ९२ प्रतिशत रोपाइ सम्पन्न

0

नरेन्द्र कार्की, दार्चुला २ साउन ।

दार्चुलामा हालसम्म ९२ प्रतिशत रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाले जनाएको छ । कुल रोपाइ हुने ४४ सय ८० हेक्टर जमिन मध्ये हालसम्म ४१ सय २२ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको बरिष्ठ कृषि विकास अधिकृत सुर्य प्रसाद बरालले जानकारी दिनुभयो ।

जिल्लाको रोपाइ बढि हुने महाकाली नरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, शैल्य शिखर नगरपालिका र मार्मा गाउँपालिकामा अधिकांश रोपाइ सकिएको छ । समयमै पानी नपर्दा रोपाइ ढिलाइ भएपनि असार देखिको निरन्तरको वर्षाका कारण रोपाइ प्रतिशत बृद्धि भएको बरालले बताउनुभयो ।

दार्चुलाको ३६ सय २५ हेक्टर जमिनमा सिचाइ सुविधा पुगेकोछ भने ८ सय ५५ हेक्टर क्षेत्रफल जमिनमा अहिले पनि आकाशे पानीको भरमा सिचाइ गरिने गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved