This is a test

दार्चुलामा राप्रपाले उम्मेदवार छान्यो

0

नरेन्द्र कार्की, दार्चुला २३ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले पनि प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवार छानेको छ । राप्रपा दार्चुलाको कार्यसमिति बैठकले सर्वसम्मत उम्मेदवार छानेको हो । राप्रपाले प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ रामसिह कार्की र नरेन्द्र बहादुर वमको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ पार्टी अध्यक्ष बीरसिह बडाल, र धिरबहादुर वमको नाम सिफारिस गरेको हो । यस्तै प्रदेश सभाको क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ प्रेमसिह डडाल र मोहनसिह विष्ट, तथा समानुपातिकतर्फ मोहनबहादुर निरौलाको नाम सिफारिस गरेको छ । प्रदेश क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ मोहनदेव ओझा, नरबहादुर चन्द र जयसिह धामी तथा समानुपातिक तर्फ इन्द्रा बोहरा र अमरसिह धामीको नाम सिफारिस गरेको राप्रपाले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved