This is a test

दार्चुलामा खडेरीले खेतमै बाली सुक्यो

0

नरेन्द्र कार्की, दार्चुला माघ ०३ गते ।

लामो समयसम्म पानी नपरेपछि दार्चुलाका अधिकांश ठाउँमा लगाइएको बाली खेतमै सुक्न थालेको छ । सिचाईको सुविधा नभएका क्षेत्रको बालीनाली खेतबारीमै सुक्न थालेको हो । दार्चुलाका अधिकांश क्षेत्रका खेतीयोग्य जमिन लामो समयदेखि पानी नपर्दा आधा बाँझै रहेको अपि हिमाल गाउँपालिकाका स्थानीय कल्यानसिह बोहराले बताउनुभयो ।

गहुँ छरिसकेको भएपनि सिँचाई सुविधा नभएको ठाउँमा पानी नपर्दा जमिन अझै बाँझै रहेको उहाँले बताउनुभयो । व्यासको राप्ला, अपि हिमालको घुसा खण्डेश्वरी, लेकम गाउँपालिका लगायतका क्षेत्रमा लगाइएको बाली खेतमै सुकेको छ भने लेकमका अधिकांश क्षेत्रमा त खेत नै बाझै छ । यसबर्ष हिउँदे बर्षा नहुँदा किसानहरुले अधिकांश खेतियोग्य जमिनमा समेत खेती गर्न नसकिएको व्यासका स्थानीय दानसिह काकीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved