दार्चुलाका ४६ विद्यालयमा सूचना सञ्चार र प्रविधिको सञ्चालन हुने

0

नरेन्द्र कार्की, दार्चुला ३१ आषाढ ।

दार्चुलाका ४६ वटा विद्यालयमा सूचना सञ्चार र प्रविधिको प्रयोग हुने भएको छ । विद्यार्थी र शिक्षकको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यस आर्थिक वर्षमा माध्यमिक विद्यालयमा आइसिटीको लागि वजेट विनियोजन भएको हो । जिल्ला शिक्षा कार्यालयले ४६ विद्यालयमा बजेट विनियोजन गरिसकेको छ ।

कार्यालयले प्रति विद्यालय १ लाख ४० हजार रुपैयाँका दरले बजेट विनियोजन गरेको हो । सो बजेटबाट १ थान ल्यापटप, १ थान प्रोजेक्टर र ईन्टरनेटका लागि वाइ मेक्स किन्न निर्देशन गरिएको जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । जिल्लाका सबै ठाउँमा इन्टरनेटको पहुँच नभएपछि इन्टरनेटको लागि वाइमेक्स सुविधा लिन भनिएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved