This is a test

दार्चुलाका सात वटा स्थानीय तहमा विद्युतीकरणको काम हुदै

0

नरेन्द्र कार्की, दार्चुला फागुन १२ गते ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गत दार्चुलाका सात वटा स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । विगत देखि निरन्तर भइरहेका तथा थप गर्नुपर्ने स्थानमा यस आर्थिक वर्षमा विद्युतीकरण गरिनेछ ।

दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, दुहु र व्यास गाउँपालिमामा विद्युतीकरण भइरहेको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताउनुभयो ।

जिल्लाको अपि हिमाल र नौगाड गाउँपालिकाको लागि भने विद्युतीकरणमा बजेट छुट्याइएको छैन । नेपाल विद्युत प्राधिकरणबाटै विद्युतको लागि बजेट विनियोजन नभएको वितरण केन्द्र दार्चुलाले जनाएको छ । यस आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणको लागि २ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved