This is a test

दार्चुलाका ग्रामीण भेगका स्थानीय तहमा बैंकका शाखा नहुँदा २ दिन सम्म पैदल हिँडेर सदरमुकाम जानु पर्ने बाध्यता

0

नरेन्द्र कार्की, दार्चुला २० असोज ।
दार्चुलाका ग्रामीण भेगका स्थानीय तहमा बैंकका शाखा नहुँदा कारोबार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ । सर्वसाधारण मात्र नभई गाउँपालिका र नगरपालिकाका कर्मचारीले समेत बैंकिङ कारोबार गर्न सदरमुकाम धाउनैपर्ने बाध्यता रहेको छ । जिल्लाका अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहु गाउँपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा बैंक सेवा पुगेको छैन । गाउँ र नगरपालिकामा बैंक नहुँदा २ दिनसम्म पैदल हिँडेर सदरमुकाम जानु पर्ने बाध्यता रहेको अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । सरकारी तथा नीजि स्तरबाट सञ्चालित बैंकहरु सदरमुकाम केन्द्रीत भएपछि समस्या भएको हो । स्थानीय तहमा बैङ नहुदा करौडौ रुपैयाँ जोखिम मोलेर बोक्नु पर्ने बाध्यता रहेको अपि हिमाल गाउँपालिका का कार्यकारी अधिकृत जयसिह धामीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved