This is a test

दाङको स्पोर्टस स्कुल फुटवल एकेडेमी र न्यु वुद्ध अन्तिम आठमा

0

सिताराम ओझा, धनगढी पुस ०२ गते ।

दाङको स्पोर्टस स्कुल फुटवल एकेडेमी र फुलवारीको न्यु वुद्ध युवा क्लव धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन । आईतवार भएका खेलमा फराकिलो अन्तरको दर्ता दर्ता गर्दै दुवै टोली अन्तिम आठमा प्रवेश गरेका हुन । भारतको हल्द्धानी व्वाईज नआएपछि आयोजक फारवेष्ट पशुपति युवा क्लव ए पनि सिधैं सेमिफानल प्रवेशका लागि खेल्न पाउने भएको छ ।

धनगढी रंगशालामा भएको पहिलो खेलमा दाङको स्पोर्टस स्कुल फुटवल एकेडेमीले धनगढीको हसनपुर युवा क्लवलाई ८–० को फराकिलो अन्तरले किनारा लगाएको हो । एकेडेमीलाई जिताउन हस्तराज गिरी र गणेश नेपालीले ह्याट्रिक गरे । गिरीले पहिलो हाफको १७, दोस्रो हाफको ४८ र ६२ मिनेटमा गोल गरे । गणेश नेपालीले ह्याट्रिक सहित ५ गोल एक्लै गर्दा पहिलो हाफको १९ मिनेटमा पहिलो व्यक्तीगत गोल गरे । त्यसपछि उनले पहिलो हाफको ३० तथा दोस्रो हाफको ५१, ५७ र ६० मिनेटमा थप चार गोल थपे । गणेश नेपाली म्यान अफ द म्याद भए ।

स्पोर्टस स्कुल फुटवल एकेडेमीका प्रशिक्षक विदुर गुरुङले खेलाडीहरुले सोचे अनुसारको खेल देखाएकोले सानदार जित हासिल गरेको वताए । हसनपुर युवा क्लवका प्रशिक्षक सन्जय चौधरीले पनि खेलाडीले राम्रो खेल्न नसकेको र पाएका मौकाहरु सही सदुपयोग गर्न नसकेको वताए । धनगढी रंगशालामा आईतवारै भएको दोस्रो खेलमा पनि न्यु वुद्ध युवा क्लवले चौमलाको मंगल युवा क्लवलाई ६–४ को अन्तरले हरायो । निकै प्रत्सिर्धात्मक खेलमा न्यु वुद्धका लागि सुन्दर घिसिङले ह्याट्रिक गरे । उनले पहिलो हाफको २० र २६ औं तथा दोस्रो हाफको ४० औं मिनेटमा गोल गरे ।

न्यु वुद्धका लागि दोस्रो हाफमा लक्ष्मण शाहीले ५५, सुरज शाहीले ५७ र वाल्टर चौधरीले ६७ औं मिनेटमा एक एक गोल थपे । मंगल युवा क्लवले दोस्रो हाफमा नै चार गाले फर्कायो । मंगल युवा क्ल्वका लागि विनोद चौरधीले ३८ अर्जुन चौधरीले ५८ र योगेन्द्र चन्दले ७७ औं मिनेटमा गोल गरे । एक गोल आत्मघाती भयो । न्य वुद्धका सुन्दर घिसिङ म्यान अफ द म्याच भए । न्यु वुद्ध युवा क्ल्वका प्रशिक्षका महेश गोलेले सुरुवात देखि खेलाडीहरु लयमा रहेका कारण त्यसलाई निरन्तरता दिएकोले अर्को चरणमा पुगेको वताए ।

मंगल युवा क्लवका कप्तान योगेन्द्र चन्दले सुरुमा गोल खाएर दवावमा आएपछि दोस्रो हाफमा खेल फर्किने प्रयास सफल हुन नसकेको वताए । यो खेलसँगै क्वाटरफाईनल समकिरण पुरा भएको छ । सोमवार देखि क्वाटरफाईनलका खेलहरु हुनेछन । पहिाले क्वाटरफाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव वी र पिएफए अत्तरीया प्रतिस्पर्धा गर्नेछन भने दोस्रो क्वाटरफाइृनलमा फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमी र न्यु वुद्ध युवा क्लव भिड्ने छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved