This is a test

थारु बाहुल्य क्षेत्रलाई स्वायत्त अधिकार : पुर्वमन्त्री भट्ट

0

धनगढी, मंसिर १७ गते ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका प्रतिनिधि सभा उमेदवार लेखराज भट्टले थारु बाहल्य क्षेत्रलाई प्रदेश सभाले विषेसाधिका क्षेत्र अथवा स्वायक्त क्षेत्र घोषणा गर्ने बताउनु भएको छ । बाम गठबन्धनको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ र ४ ले शनिवार मसुरियामा गरेको पत्रकार सम्मेलनमा पुर्वमन्त्री समेत रहनु भएका भट्टले थारुका मुद्धाका लागि बाम गठबन्धन गम्भिर रहेको बताउनुभयो ।

अहिले पनि थारु र पहाडि बीच सद्भाव भई नसकेको र त्यसको असर चुनावी परिणाममा पनि पर्ने चर्चा परिचर्चा चलिरहेका बेला पत्रकार सम्मेलनमै थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव हरिराम चौधरीले थारुका धेरै अधिकार संविधानमा लेखि सकिएकाले निर्धक्क भएर बाम गठबन्धनका उमेदवारलाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ ख बाट उमेदवार विरमान चौधरीले अहिले लेखराजलाई थारुले भोट दिदैनन भनेर विपक्षी दलहरुले हल्ला फैलाएको र त्यो निराधार रहेको बताउनुभयो ।

बाम गठबन्धनको तर्फबाट प्रदेश सभामा समानुपातिक उमेदवार चुनकुमारी चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पुर्वमन्त्री तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का उमेदवार गौरीशंकर चौधरी र एमाले अध्यक्ष तथा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रदेश सभा ख का उमेदवार दिर्घ सोडारीले पनि बाम गठबन्धन जिताउन आग्रह गर्नुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved