This is a test

थप वजेट नआउँदा जग्गा अधिग्रहणको काम प्रभावित

0

सीताराम ओझा, धनगढी

धनगढी विमानस्थलको स्तरोन्नतीका लागि सुरु गरिएको जग्गा अधिग्रहणको काम प्रभावित भएको छ । जग्गा अधिग्रहण गर्नका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणको केन्द्रीय कार्यालयले आवश्यक पर्ने थप ९ करोड रकम नपठाई दिदा जग्गा धनीहरुलाई मुआव्जा रकम वितरण गर्न सकिएको छैन । जग्गा अधिग्रहणको काम रोकिएपछि विमानस्थलमा अत्याधुनिक उपकरण थप गर्ने काममा पनि ढिलाई हुने भएको छ ।

१७ विघा ३ कट्टा भन्दा वढी जमीन अधिग्रहणका लागि ८९ ओटा कित्ताका ६४ जना जग्गाधनीहरुलाई मुआव्जा रकम वितरण गर्नुपर्नेमा ४१ जनाले रकम वुझिसकेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीको खातामा रहेको अघिल्लो वर्ष आएको ६ करोड र नेपाल नागरिक उडड्यन प्राधिकरण यो वर्ष पेस्की वापत दिएको ९ करोड गरी १५ करोड मुआव्जा वितरण गरि सकिएको छ । तर अपुग रकम प्राधिकरणले नपठाउँदा जग्गा अधिग्रहणका लागि मुआव्जा वितरणको काम रोकिनुका साथै विमानस्थलमा अत्याधुनिक उपकरण जडानमा पनि ढिलाई हुने भएको मुआव्जा निर्धारण समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले वताउनुभयो ।

मुआव्जा निर्धारण समितीले प्रति कठ्ठाका हिसावले जग्गाको अवस्था अनुसार ३ लाखदेखि १२ लाखका दरले मुआव्जा दिने निर्णय गरेपछि जग्गाधनीहरुलाई आएको रकम वितरण गरिएको थियो । अघिल्लो वर्षको ६ करोड र चालु आर्थिक वर्षमा ९ करोड पेस्कीको रुपमा आएपछि ४१ जना जग्गाधनीलाई १५ करोड मुआव्जा दिईएकोमा थप रकम पेस्की मार्फत आउने प्रावधान नहुँदा आउन नसकेको धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्लाले वताउनुभयो ।

विमानस्थलको स्तरोन्नतिका लागि धावनमार्गदेखि पुर्वतिर घोडषुवा र खुटिया रोडको बिचमा रहेको १७ विघा ३ कठ्ठा ११ धुर जग्गा अधिग्रहणका लागि पुरै रकम नआउँदा २३ जना जग्गाधनीले मुआव्जा रकम पाउन सकेका छैनन् । प्राधिकरणको बोर्ड बैठक बस्न नसकेकाले रकम नआएको खबर आएको धनगढी विमानस्थलका प्रमुख ठकुल्लाले वताउनुभयो ।

जग्गा अधिग्रहण भएपछि धनगढी बिमानस्थलमा रात्रीकालीन उडानका लागी भिओआर डिएमई नामक उपकरण जडानको काम अगाडी वढ्ने छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाले उपकरण जडान गर्नका लागि पटक पटक जग्गा माग गर्दै आएकोमा जग्गा अधिग्रहणमा भईरहेको ढिलाईले अत्याधुनिक उपकरण जडानमा पनि समय लाग्ने भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved