तेस्रो फारवेष्ट पशुपति कप मंसीर दुई गतेदेखि धनगढीमा

0

सीताराम ओझा, धनगढी १५ साउन ।


तेस्रो संस्करणको फारवेष्ट पशुपति कप आगामी मंसीर दुई गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । अघिल्ला दुई संस्करण भन्दा पुरस्कार राशी थप गर्दै मंसीरको पहिलो साता क्लव स्तरीय फुटवल प्रतियोगिता गर्ने तयारी सुरु भएको हो ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक फारवेष्ट पशुपति युवा क्लवले प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ । प्रतियोगितामा यसपाली विजेतालाई ३ लाख उपविजेतालाई डेढ लाख र विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई १०÷१० हजार गरी नगद मात्रै झण्डै ५ लाख पुरस्कार दिईने आयोजक क्लवका अध्यक्ष खेमवहादुर रावतले जानकारी दिनुभयो ।

प्रतियोगिताको अघिल्लो संस्करणको विजेतालाई दुई लाख र पहिलो वर्ष एक लाख नगद पुरस्कार दिईएको थियो । ‘खेल र खेलाडीको विकासको रहर, छाउँदैछ फारवेष्ट पशुपति कपको लहर’ भन्ने नारा सहित हुने प्रतियोगितामा झण्डै २० लाख खर्च हुने अनुमान गरिएको छ । धनगढीको क्षेत्रीय रंगशालामा हुने प्रतियोगितालाई विगतका वर्षहरुभन्दा अझ भब्य रुपमा आयोजना गर्ने तयारी थालेको क्लवका सचिव ललीत मिश्रले वताउनुभयो ।

प्रतियोगितामा वढीमा १६ वटा क्लवहरुले भाग लिन पाउनेछन । सुदुरपश्चिमका साथै पुर्वी नेपाल र भारतका क्लवहरुले पनि प्रतियोगितामा भाग लिन चासो देखाएको आयोजकहरुले जनाएका छन । २०६८ सालमा भएको छैठौ राष्ट्रीय खेलकुद प्रतियोगीतामा सुदुरपश्चिमलाई स्वर्ण जिताउने खेलाडीहरुले स्थापना गरेको क्लवले, फुटवलको विकास गर्दै नयाँ खेलाडीहरु उत्पादन गराउनका लागि फारवेष्ट पशुपति कप आयोजना गर्दै आएका हुन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved