This is a test

तुइन निर्माणमा भारतीय पक्षले सहमति नदिदा कार्य अघि बढेन

0

नरेन्द्र कार्की, दार्चुला माघ २५ गते ।

भारतीय पक्षले पूल निर्माणको लागि सहमति नदिदा दार्चुलाको महाकाली नदीमाथि लगाइएका तुइन विस्थापनमा ढिलाइ भएको छ । तुइन विस्थापित गर्दै पूल निर्माणको लागि गत वर्ष नै टेण्डर आह्वान भएपनि हालसम्म भारतीय पक्षले पूल निर्माणको स्वीकृत नदिदा ढिलाइ भएको हो ।

सीमा नदीमा पूल निर्माणको लागि भारतीय पक्षले स्वीकृत नदिदै नेपालले टेण्डर आह्वान गरेको थियो । दार्चुलाको लाली देखि राप्लाको मालघाटसम्म १० वटा झोलुंगे पूल निर्माणको लागि टेण्डर आह्वान भएपनि हालसम्म तिगरम घाट पूल निर्माण कार्य मात्रै सकिएको छ भने लालीमा पूल निर्माणाधिन छ । भारतीय पक्षले सुरक्षा सम्बेदनशिलता देखाउँदै टेण्डर भएजतिका पूल निर्माणमा असहमति जनाएको थियो ।

भारतले निर्माण सम्पन्न भएबाहेक तीन वटा पूल निर्माणको लागि सहमति दिन सकिने आश्वासन दिएपनि हालसम्म सहमति नदिएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलीडार अन्तर्गत सस्पेन्सन व्रिज डिभिजनका सव इन्जिनियर बुद्धिराज नेपालीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved