This is a test

तरुल कोर्ने बेला ढुंगाले च्यापेर बालकको ज्यान गयो

0

शिवराज खत्री, अछाम पुस २९ गते ।

अछामको रामारोशन गाउपालिका ५ मा एक बालकको तरुल कोर्ने बेला ढुंगाले च्यापेर ज्यान गएको छ । शुक्रबार साझ घर नजिकै गह्रामा तरुल कोर्ने क्रममा नर बटालाको छोरा १२ बर्षीय श्याम बटालाको ढुंगाले च्यापिएर ज्यान गएको स्थानीय काली बुढाले जानकारी दिनुभयो । ठूला बुबासंगै तरुल कोर्ने क्रममा ढुंगा खसेर उनको घट्नास्थलमै ज्यान गएको बुझिएको छ । मृतक बटाला स्थानीय निलकन्ठ आधारभुत विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको बुझिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved