This is a test

तपाईंको जन्म मे महिनामा भएको हो ? आउनुस, मे महिनामा जन्मने मानिसका स्वभाव जानौं

0

तपाईंको जन्म मे महिनामा भएको हो ? परिवारका सदस्य वा कोही आफन्तको जन्म महिना पनि यही पर्छ ?
यसो हो भने मे महिनामा जन्मिएका मानिसको स्वभाव र विशेषता कस्तो हुन्छ भनेर तपाईंलाई चासो होला । आउनुस, मे महिनामा जन्मने मानिसका स्वभाव जानौं ।

ज्योतिषशास्त्रका अनुसार जन्म महिना अनुसार मानिसको विशेषता र स्वभाव अलग–अलग हुने गर्छ । त्यसमध्ये मे महिनामा जन्मने मानिसको स्वभाव पनि आफ्नै प्रकारको हुन्छ । उनीहरु आकर्षक तथा लोकप्रिय हुन्छन् । केही मात्रामा लापरवाह हुने उनीहरु थोरै सन्की पनि हुन्छन् ।

यदि यिनीहरुले कुनै कुरा गर्ने अडान राखे भने गरिछाड्छन् । उनीहरु बढी घमण्डी हुन्छन् । तर, कुनै कुरा त्याग्नु र दिनुपरेमा भने कहिल्यै पछि पर्दैनन् ।

मे महिनामा जन्मिने प्रायः मानिस पत्रकार, लेखक, कम्प्युटर इञ्जिनियर, डाक्टर, पाइलट, वा प्रशासनिक अधिकारी हुने गर्छन् ।

यिनीहरुको स्वभाव राजसी पाराको हुन्छ । यिनीहरुलाई हरेक कुरा चुस्त–दुरुस्त चाहिन्छ तर ती कुरा अन्य व्यक्तिले नै गरिदेओस् भन्ने अपेक्षा राख्छन् । यिनीहरु विपरीतलिङ्गीहरुका लागि सधैं रहस्यमय हुने गर्छन् ।

त्यसका साथै यो महिनामा जन्मिने मानिसका मुख्य स्वभाव यस्ता हुन्छन्ः

– यिनीहरुको कल्पनाशीलता बढी हुने गर्छ ।
– यिनीहरु सटीक विचार व्यक्त गर्छन् ।
– यिनीहरु आकर्षणको केन्द्र बनिरहन रुचाउँछन् । मानिसहरु यिनीहरुप्रति चाँडै आकर्षित पनि हुन्छन् ।
– यिनीहरु आफ्नो मनको कुरा सुन्छन् र सधैंभरि जोशिला देखिन्छन् ।
– यिनीहरुलाई सपना देख्न धेरै मनपर्छ ।
– कला तथा साहित्यमा गहिरो रुचि हुन्छ ।
– यिनीहरु कठोर तथा जिद्दी स्वभावका हुने गर्छन् ।
– सानो कुरामा पनि झनक्क रिसाउँछन् ।
– घरमा बस्न त्यति मन पराउँदैनन् र सकेसम्म बाहिर घुमफिरमै रमाउन खोज्छन् ।
– यिनीहरु सुन्दर हुनुका साथै दिमाग पनि तेज हुने गर्छ ।
– विपरीतलिङ्गीका मानिसहरुसित त्यति चाँडै घुलमिल हुन सक्दैनन् ।
– स्वास्थ्य समस्याको कुरा गर्दा यिनीहरुलाई सामान्यतया कान तथा गर्धनको समस्या हुने गर्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved