This is a test

ड्याट्सन र निसान कम्पनीका गाडीको आधीकारीक विक्रेता सुरु

0

धनगढी, पुष ०२ गते ।

ड्याट्सन र निसान कम्पनीका गाडीको आधीकारीक विक्रेता नैनादेवी मोटर्सले शनिवार देखी धनगढीमा सेवा सुरु गरेको छ । सोरुमको कैलाली क्षेत्र नम्बर ५ का नव निर्वाचित सांसद नारदमुनी रानाले उद्धघाटन गर्नुभयो । ड्याटसन र निशानसंगै हुण्डाईको हेवी ईक्वीमेन्ट्सहरु पनि नैनादेवी मोटर्सबाट विक्री हुने सञ्चालक कविस अग्रवालले बताउनुभयो । नेपालमा ड्याटसन र निशान कम्पनीका गाडीको प्रमुख डिलर पायोनियर मोटोरकर्प प्राली हो । अहिले सोरुम मार्फत ८ सय सिसि देखी ५७ सय सिसि सम्मका गाडीहरु विक्रीमा रहेको पायोनियर मोटर्स प्रालीका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले बताउनुभयो । विश्व प्रख्यात ड्याटसन र निशान कम्पनीका गाडीहरुमा अन्य कम्पनीका भन्दा छुट्टै विशेषता रहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved