This is a test

डोटेली भाषाको प्रयोग गर्दै निकालीएका गित र यसले पारेको प्रभाव !

0

नवाराज पनेरु, धनगढी पुस २३ गते ।

कुनै बेला सुदुर र मध्यपश्चिमका ग्रामीण भेगका मेलापातमा घन्किने लोक देउडा भाका हिजोआज लोप हुन लागेका छन् । पहिले मेलापात र बनपाखाहरुमा गुञ्जने ठाडी भाका र देउडा भाकाहरु नयाँ आउने क्रम रोकीएपछि लोप हुने अवस्थामा पुगेका हुन । गायक चेतन बोहराको स्वरमा रहेको डोटेली भाषाको प्रयोग गर्दै तयार पारीएको धौलीको ब्या बोलको गित युटुवमा सार्वजनीक गरीएको झण्डै २ महिना मात्रै भएको छ । तर युटुवमा यो गित साढे ६ लाख पटक हेरीएको छ ।

देउडाको लय, भाका र मर्म बोकेका गितहरु युटुवमा राखीदा एक लाख पटक पनि हेरीएको भेटीदैन । तर डोटेली भाषाको प्रयोग गरी लोक, पप देउडा शैलीमा ल्याईका गितहरुले भने एक पछि अर्को गर्दै चर्चा बटुलीरहेका छन् । पुरानो पुस्ताले मन पराउने लोक देउडा र ठाडी भाका नयाँ पुस्ताले सहजै ग्रहण गरीरहेका छैनन् । त्यसैले पनि देउडा नभएर नयाँ पुस्ताले स्वीकार्न सक्ने गरी डोटेली भाषाको प्रयोग गर्दै गितहरु बजारमा आउने क्रम बढिरहेको छ ।

तर डोटली भाषाको प्रयोग गर्दै निकालीएका ति गितहरुलाई स्वयम गायकहरुले पनि देउडाको दर्जा दिएका छैनन् । कुनै बेला डाडाँपाखा र गाउँबस्तीमा घन्किने देउडा गितहरु अहिले पनि बजारमा आईरहेका छन् । केहि सक्रिय पुराना गायक, गायीकाहरुले ठेट देउडा गित पनि बजारमा ल्याईरहेका छन् । तर ति गितहरुले श्रोता दर्शकहरुलाई संगितको भोक मेटाउन सकिरहेको छैन ।

देउडा र पछिल्लो समय डोटेली भाषाको प्रयोग गर्दै लोक, पप देउडा शैलीमा ल्याईएका गितहरु बिच दुर–दुर सम्मको सम्वन्ध नरहेको गायक, गायीकाहरुको भनाई छ । देउडाको शैली कुनै पनि हालतमा परिवर्तन नहुने तर सुदुरपश्चिमको भाषालाई भने श्रोता दर्शकले जसरी बुझ्छन त्यसैगरी गितमार्फत बुझाउने अभियान मात्रै रहेको डोटेली भाषाको प्रयोग गर्दै नयाँ शैलीमा गित ल्याएर चर्चीत भएका गायक चक्र बम बताउनुहुन्छ ।

डोटेली भाषाको प्रयोग गर्दै ल्याईएका गितहरु अहिले यस क्षेत्रका सबै डिजे पार्टीहरुमा घन्कीरहेका हुन्छन् । ति गितमा डोटेली भाषाकै ¥यापले पनि नयाँ पुस्ता थप उत्साहीत भएको छ । पाका कलाकारहरु पलायन भएसंगै देउडाको वास्तवीक भाका र मर्म बोकेका गितहरु आउने क्रम पनि रोकीएका बेला यिनै गितहरुले डोटेली भाषाको प्रतिनीधीत्व गरीरहेको छ । तर ति गितहरुलाई देउडाको दर्जा दिएर प्रचार गर्न भने नमिल्ने गायक नन्दकृष्ण जोशीले बताउनुभयो ।
यो साताको सृष्टा र सृजान सुन्न यसमा क्लिक गर्नुहोस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved