डोटीको खड्यौलमा बस खस्दा ३ को मृत्यु

एफएम संवाददाता, डोटी कार्तीक ०२
डोटीको सबैभन्दा दुर्गम गाउपालिका मानिने बड्डीकेदार गाउ“पालिकाको सदरमुकाम खड्यौलीमा आज बस खस्दा तीन जनाको मृत्यू भएको छ । घाईते २१ जनालाई उपचारका लागि धनगढी तर्फ लगिएको छ । मृत्यू हुनेमा बड्डीकेदार गाउपालिका वडा नं. मान्नाकापडीका जगदीश चन्द, सोही गाउकी ३५ बर्षिया निर्मला पुनमगर र ३ बर्षिया बालिका पुष्पा कुमारी जेठारा रहेका छन् ।

सुप यातायातको ना ३ ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउ“पालिकाको अत्तरका“डाबाट  धनगढी तर्फ २४ जना यात्रु बोकेर फर्कदै गर्दा खड्यौलीमा सडकबाट तल खसेको हो ।  बस सामान्य ठाउ“बाट झण्डै डेढ सय किलोमीटर तल खसेको प्रहरी उपरिक्षक मधुसुधन लुईटेलले जानकारी दिनुभयो । बोगटान सडकका रुपमा चिनिने सो रुटमा बर्षातका बेला सडक अवरुद्ध हुदा गाउ“पालिकाले दशैं अघिमात्र मर्मत गरी सुचारु गरेको थियो । गत सोमबार मात्र डोटीको जोरायल गाउपालिका वडा नं. १ गोगनपानीमा दुई यात्रुको मृत्यू भएको थियो ।

© Dinesh FM 93.8 MHz. All Rights Reserved