This is a test

डिपीयलको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट

0

नवराज पनेरु, धनगढी माघ २३
सर्वाधीक पुरुष्कार राषीको क्रिकेट प्रतियोगीता धनगढी प्रिमियर लिग (डीपीएल) को लागी गरीएको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनौट गरीएको छ । डिपीयलमा सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टबाट यस क्षेत्रका १२ जना खेलाडी छनौट गरीएका हुन् ।
ट्यालेन्ट हन्टबाट प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, लोकेश बम र विक्रम ठगुन्ना छनौट भएका छन् । यस्तै किरन कुमार आग्री, बसन्त सिह कार्की, शेर मल्ल, पुर्ण सिह ठकुरी, प्रकाश सिह र सागर भण्डारी पनि ट्यान्ट हन्टबाट छनौट भएका छन् । ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जना मध्ये कम्तीमा पनि ६ जना खेलाडीले आउँदो चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने डीपिएल खेल्न पाउनेछन् ।
एक सय बढी खेलाडीहरुको सहभागिता रहेको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गरीएको हो । छनौट भएका १२ जनालाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिने छ । जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म भाउ लगाउँदै प्रत्येक टिमले कम्तीमा पनि एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान आयोजकले गरेको छ ।
राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गर्नुभएको थियो । डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved