This is a test

डिपीयलका लागी ट्यालेन्ट हन्ट हुने

0

नवराज पनेरु, धनगढी माघ १६
सर्वाधीक राषीको धनगढी प्रीमियर लिगको दोश्रो सस्करणमा सुदुरपश्चिमका युवा खेलाडीलाई अवसर प्रदान गर्न ट्यालेन्ट हन्ट हुने भएको छ । ट्यालेन्ट हन्टका लागी आजदेी आवेदन खुल्ला गरीएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । आजदेखी १९ गते सम्म आवेदनका लागी समय राखीएको छ भने २१ र २२ गते ट्यालेन्ट हन्ट हुने धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । ट्यालेन्ट हन्टमा सुदुरपश्चिमका खेलाडी मात्रै सहभागी हुन पाउने एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो ।

ट्यालेन्ट हन्टमा सहभागी खेलाडी मध्ये उत्कृष्ट खेलाडीहरु छनौट गरी २२ गते नै नाम सार्वजनीक गरीने छ । ट्यालेन्ट हन्टबाट छनौट भएका खेलाडीहरु मध्ये कम्तीमा पनि १ जना खेलाडीलाई धनगढी प्रीमीयर लिगको दोश्रो सस्करणमा प्रत्येक टिमले खरीद गर्नै पर्ने नियम बनाईएको छ ।

ट्यालेन्ट हन्टबाट छनौट भएका खेलाडीहरुले माघ २५ गते भित्रै डिपीयलको अक्सनका लागी डि समुहबाट आवेदन भर्नुपर्ने छ भने ट्यालेन्ट हन्टबाट छनौट नभएका खेलाडीहरुले पनि अन्य समुहबाट आवेदन भर्न सक्नेछन् । डिपीयल २ को अक्सन फागुन ५ गते हुने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved