धनगढी, फागुन ०९ गते ।
सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा बुधबार भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् ।
कुल ५० लाख ९० हजार खर्च रहेको अक्सनबाट करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख महँगो मूल्यमा बिक्री भए । अक्सनमा करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्य १ लाख ५० हजारमा बिक्री भएका हुन् ।
टिम चौराहा धनगढी
सोमपाल कामी (रणनीतिक खेलाडी)
रुपन्देही च्यालेन्जर्स
शक्ति गौचन (रणनीतिक खेलाडी)
महेन्द्रनगर युनाइटेड
विनोद भण्डारी (रणनीतिक खेलाडी)
काठमाडौं गोल्डेन्स
ज्ञानेन्द्र मल्ल (रणनीतिक खेलाडी )
सीवाईसी अत्तरिया
दीपेन्द्र सिंह ऐरी (रणनीतिक खेलाडी)
विराटनगर किङ्गस
पारस खड्का (रणनीतिक खेलाडी )