This is a test

डिएसपीको घरमा मुख्यमन्त्रीको आवास

0

नवराज पनेरु, धनगढी फागुन ०९ गते ।

लामो रस्साकस्सीपछि प्रदेश नम्वर ७ का मुख्यमन्त्रीको आवासको टुंगो लगाईएको छ । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका लागी धनगढी उप–महानगरपालीका वडा नम्वर ४ मा रहेको निजी घरमा आवास राख्ने निर्णय गरीएको हो ।

वडा नम्वर ४ को उत्तरवेहडी स्थीत कैलाली मोडल स्कुल नजिक पुर्व प्रहरी नायव उपरिक्षक योगेन्द्र थापाको घरमा मुख्य मन्त्रीको आवास राख्ने निर्णय गरीएको प्रदेश कार्यालय व्यवस्थापन समितीका सदस्य सचिव रविन्द्र बोहराले बताउनुभयो । यसअघि धनगढीका बिभिन्न ठाउमा आवासका लागि घरहरु छनौट गरिए पनि मुख्यमन्त्रीले अत्तरियामा नै बस्ने भनेपछि आवासको टुंगो लाग्न निकै समय लागेको हो ।

प्रदेश कार्यालय व्यवस्थापन समितीका सदस्य सचिव बोहराले अव भने व्यवस्थापन समिती आवासका लागी नयाँ घर खोज्ने पक्षमा नरहेको बताउनुभयो । आवास खोज्नका लागी कुनै मापदण्ड निर्धारण नगरीदा धेरै स्थानमा आवास खोज्न परेकाले अव प्रदेशको कार्यालय व्यवस्थापन समिती मुख्यमन्त्रीलाई उत्तरवेहडी स्थीत थापाको निजी घरमै राख्ने निर्णयमा पुगको बताउनुभयो ।

यसअघि आफु निजि घर भाडामा लिएर वस्दा प्रदेश सरकारको व्ययवार वढ्ने भन्दै सरकारी भवनमा वस्ने मुख्यमन्त्री भट्टले वताउदै आउनुभएको थियो । त्यसका लागी अत्तरीयामा रहेको रोजीन टर्पीनटाईन लगायतका सरकारी कार्यालयका निवास पनि हेरीएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved