This is a test

डाक्टर केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन

0

नवराज पनेरु, धनगढी पौष २५
डाक्टर गोविन्द केसीलाइ पक्राउ गरेको विरोधमा उहाँका समर्थकले धनगढीमा पनि प्रदर्शन गरेका छन् । डा. केसी पक्राउको विरोध र उहाँले उठाएको माग प्रति ऐक्यवद्धता जनाउन समर्थकले धनगढीमा प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले गलत फैसला गर्ने गरेको भन्दै डाक्टर केसीले १४ औँ अनशन थालेकै दिन उहाँलाई सोमबार पक्राउ गरिएको थियो ।

दारी ग्याङ धनगढी र भागेश्वर एकेडेमी फर हेल्थ साईन्स कलेज धनगढीले सयुक्त रुपमा धनगढीमा डाक्टरको केसीको रिहाईको माग गर्दै प्रदर्शन गरीएको हो । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उहाँले गरेका फैसलाको छानविनको माग गर्दै सोमबार अनशन सुरु गर्नुभएको थियो ।
प्रहरीले सोमबार बेलुका उहाँलाई अनशन बसेकै ठाउँबाट पक्राउ गरेको हो । मेडिकल शिक्षामा सुधारको माग गर्दै डा. केसी यसअघि १३ पटक अनशन बसिसक्नु भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved