ठूलो मात्रामा पटाका बरामद

0

लोकेश साउद, बैतडी १ कात्तिक ।

जिल्ला प्रहरी कार्यालय बैतडीले भारतीय सिमानाका झुलाघाँटबाट ठूलो मात्रामा पटाका बरामद गरेको छ । भारतीय बजारबाट नेपाल ल्याइँदै गरेका बिभिन्न किसिमका दुई बोराजती पटाका, झिरझिरे बरामद गरेको हो । पड्काउँदा आगलागी लगायतका मानवीय क्षती समेत हुनसक्ने ठूला आकारका पटाकाहरु रहेको प्रहरीले जनाएको छ ।

बरामद भएका पटाकाहरु प्रशासन र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको बैतडीका प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । यसैबीच बैतडीको सिमानाका झुलाँघाट नजिकैको बसपार्कमा छोडिएको झोला चेकजाँच गर्दा सुनको गरगहना भेटिएको छ ।

साँढे पाँच तोला सुनको उक्त गहना स्थानीय ज्योती भण्डारीको रहेको प्रहरीले जनाएको छ । गस्तीमा निस्केको प्रहरीले फेला पारेको गहना आफन्तलाई बुझाईएको जिल्ला प्रहरी नायब उपरिक्षक शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved