टुरीष्ट उमेद्वारलाई मान्दैनौ : कांग्रेस युवा नेता भण्डारी

0

दीपक जोशी, धनगढी २३ असोज ।
नेपाली कांग्रेसका युवा नेता क्षितीज भण्डारीले कैलालीमा प्रादेशीक र प्रतिनिधि सभाको निर्वाचनका लागि टुरीष्ट नेतालाई टिकट दिईए अमान्य हुने बताउनु भएको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले दुवै निर्वाचनका लागि स्थानिय र जनताको मन जितेका नेताहरुले टिकट पाउनुपर्ने बताउनुभयो । कैलाली क्षेत्र नम्बर ५ बाँट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको नाम टिकटका लागि सिफारीस गरिएको छ । तर युवा नेता भण्डारीले आयातित कुनै पनि नेतालाई कैलालीमा स्वीकार गर्न नसकिने बताउनुभयो । युवा नेता भण्डारीको नाम पनि प्रादेशीक र प्रतिनिधि सभाका लागि कैलाली ५ बाट सिफारीस भएको छ । उहाँले कैलाली सहितका सबै जिल्लामा अब युवाहरुलाई प्राथमिकताका साथ टिकट दिएर निर्वाचन नलडाए पार्टीले क्षती बेर्हाेने बताउनुभयो । उहाँले प्रदेश नम्बर सातको राजधानी धनगढी हुनुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved