This is a test

टीकट पाउनु नै चुनौती रहेको महिला राजनीतिकर्मीको गुनासो

0

विपि अनमोल, महेन्द्रनगर ०३ जेठ ।

विभिन्न राजनीतिक दल आबद्ध आकाक्षीं महिला उम्मेद्वारले पार्टीबाट टिकट पाउनु नै सबैभन्दा बढि चुनौती रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा महिला सहभागिता अवसर र चुनौती विषयक अन्तरक्रियामा सहभागी महिलाहरुल यस्तो बताएका हुन् ।

कोक्याप स्वयंसेवक समूहले आयोजना गरेको कार्यक्रममा काँग्रेस निटक महिला संघकी जिल्ला अध्यक्ष मधु भारतीले टिकट दिए चुनाव जितेर स्थानीय तह हाक्न सक्ने महिलामा क्षमता रहेपनि पार्टीहरुले नपत्याउने गरेको आरोप लगाउनुभयो ।

नेकपा माओवादी केन्द्रबाट भीमदत्त नगरपालिकाका मेयरका आकाक्षीं कौशिल्या ओझाले पहिलो चुनौती टिकट पाउनु र त्यसपछि आर्थिक व्यवस्थापन गर्ने र समाजको सोचाईलाई चिर्नु रहेको बताउनुभयो ।

एमालेका तर्फबाट भीमदत्त नगरपालिकाको उपमेयरका उम्मेद्वार माया पन्तले महिला प्रमुख पदमा सक्षम रहेपनि पार्टीबाट विश्वास नहुने गरेको बताउनुभयो । नेकपा मालेकी मिरा नेपालीले पार्टीबाट टिकट पाउनै मुस्किल हुने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved