This is a test

टिकापुर घटनाको मुद्धा चाडो फैसला गर्न कानुन व्यवसायीको माग

0

दीपक जोशी, धनगढी पुस ०९ गते ।

दुई बर्ष अघि कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनाको मुद्धालाई चाडो फैसला गर्न कैलालीका कानुन व्यवसायीहरुले माग गरेका छन । अढाई बर्षदेखी हिंसात्मक घटनाका आरोपीतलाई पुर्पक्षका लागि थुनामा राख्नु उनिहरुको मानव अधिकारको उलंघन भएको भन्दै यथासक्य चाडो फैसला गर्न कानुन व्यवसायीहरुले माग गरेका हुन । उनिहरुले मुद्धाको फैसलामा अझै ढिलाई गरे परिस्थिति झनै जटिल बन्न जाने बताएका छन ।

एक नावालक र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना प्रहरीको ज्यान जाने गरी भएको टिकापुरको हिंसात्मक घटनाको मुद्धालाई चाडो भन्दा चाडौ फैसला गर्नुपर्ने नेपाल बार एसोसिएसन कैलालीका अध्यक्ष प्रेम चन्दले बताउनुभयो । मुद्धाको छिनोफानो गरी फैसला गर्न ढिलाई हुदा थुनामा रहेकाहरुको मानवअधिकार उल्लघन भएको उहाको भनाई छ । टिकापुरको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २५ जनाका नाममा कर्तव्य ज्यान सहितका मुद्धा दर्ता गरेको छ । उनिहरु मध्ये मुख्य योजनाकार भनिएका रेशम चौधरी लगायत ३१ जना फरारको सुचीमा रहेका छन ।

२५ जनालाई पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा राखिएको छ तर लामो समयसम्म पुर्पक्षका लागि थुनामा राख्न नमिल्ने भएकोले मुद्धाको फैसला चाडो गनुपर्र्ने अधिवक्ता डाक्टर जानकी तुलाधरले बताउनुभयो । टिकापुर घटनाका आरोपीत भनि थुनामा रहेकाहरुलाई दोषी हुन भने सजाय तोक्न र निर्दाेष भए थुनामुक्त गरेर सम्मानजनक रुपमा बाच्न पाउने अधिकारको प्रत्याभुती दिन अहिले चौतर्फी माग उठिरहेको छ ।

टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी अहिले प्रतिनिधि सभामा बिजयी भएका छन । तर उनलाई निर्वाचन आयोगले बिजयी भएको प्रमाणपत्र दिन मानेको छैन । यस्तो अवस्थामा मुद्धाको फैसला चाडो भईदिए असहज परिस्थीतीको अनत्य हुने भएकोले चाडौ फैसला गर्नुपर्ने नेपाल वार एसोसिएसन कैलालीका सचिव हिमालय बिक्रम बिष्टले बताउनुभयो ।

प्रहरीले टिकापुर घटनाको आरोपमा कर्तव्य ज्यान अन्तगर्त मुद्धा दर्ता गरेका मध्ये केहि व्यक्ती हालसम्म फरार रहेकोले मुद्धाको फैसलाको प्रक्रिया अगाडी बढ्न नसकेको बुझीएको छ । तर बेला बेला राज्यले उनिहरु माथी लागेको मुद्धा फिर्ता लिने बिषयमा पनि बहस गरेकोले अदालती प्रक्रिया थप अन्यौलमा परेको बताईएको छ । यस बारेमा कैलाली जिल्ला अदालतका न्यायाधिसहरुले भने कुनै प्रतिक्रिया दिन मानेनन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved