टिकापुरमा दोस्रो खिर महोत्सव सम्पन्न

0

दीपक जोशी, धनगढी १२ असोज ।
कैलालीको टिकापुरमा बुधवार एक दिने दोस्रो खिर महोत्सव सम्पन्न भएको छ । टीकापुर पर्यटन समितिको आयोजनामा भएको खिर महोत्सवमा डोटी, अछाम र कर्णाली क्षेत्रमा पाइने प्रसिद्ध चामलको खिरका परिकारहरु उपलब्ध गराईएको आयोजकले जनाएको छ । एक दिने महोत्सव भएपनि सयौको संख्यामा अवलोकनकर्ताहरु आएकोले आफुहरु निकै होसिएको आयोजक टिकापुर पर्यटन समितिका संयोजक थर्कबहादुर साहले जानकारी दिनुभयो । शाहले पर्यटन विकासका लागि स्थानीय स्तरबाटै पहल हुन जरुरी रहेको बताउनुभयो । यसै बिषयमा सहकर्मी दीपक जोशीले टिकापुरमा एकदिने खिर महोत्सव संचालन गरेको टिकापुर पर्यटन समितिका संयोजक थर्कबहादुर साहसंग कुराकानी गरेका छन ।

:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved