This is a test

झुलाघाँटमा छायांकनका लागी बलिउडको चलचित्र छायांकन टोली पिथौरागढमा

0

लोकेश साउद, बैतडी मंसिर १९ गते ।
बलीउड चलचित्र ‘संदिप और पिंकी फरार’ बैतडीको झुलाघाटमा छायाङकन गर्न छायांकन टोली पिथौरागढ आइपुगेको छ । बैतडी सँग सिमा जोडिएको नेपाल भारत सिमा पुल झुलाघाँटमा समेत छायांकन हुने ‘संदिप और पिंकी फरार’ फिल्मका नायक अर्जुन कपुर र नायिक परिणिती चोपडा सहितको सुटिङ टोली कडा सुरक्षाकाबीच पिथौरागढ आइपुगेको हो । बैतडीसँगै सिमाना जोडिएको पिथौरागढका बिभिन्न भागमा अबको २५ दिनसम्म छायांकन जारी रहने निर्माण पक्षले जनाएको छ ।

फिल्मका संदिपको भुमिकामा रहेका अर्जुन कपुरले दिल्लीमा काम गर्ने एउटी युवती पिंकी अर्थात परिणिती चोपडालाई झुलाघाँटबाट भगाएर नेपाल ल्याएको दृष्य छायांकन हुनेछ । सोमबारदेखि पिथौरागढमा छायांकन सुरु गरिएको फिल्म ‘संदिप और पिंकी फरार’ २४ डिसेम्बर देखि ३१ डिसेम्बरसम्म झुलाघाँटमा हुने ।

त्यस्तै २७ र ३१ डिसेम्बरको दुई दिन भने नेपालसँग सिमाना जोडिएको झुलाघाँट पुलमा छायांकन हुने समय तालिका रहेको छायांकन समुहले जनाएको छ । प्रेम कथामा आधारित फिल्म ‘संदिप और पिंकी फरार’मा बलिउडका चर्चित दिवाकर बनर्जी निर्देसक रहनुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved