This is a test

ज्योति विकास बैंक लिमिटेडको ४६ औं शाखा धनगढीमा विस्तार

0

सीताराम ओझा, धनगढी मंसिर ०७ गते ।

ज्योति विकास बैंक लिमिटेडको ४६ औं शाखा बुधवार देखि धनगढीमा विस्तार गरिएको छ । नेपाल राष्ट वैंकवाट ख वर्गको ईजाजत प्राप्त वैंकको नयाँ शाखाले धनगढीमा कारोवार सुरु गरेको हो । धनगढी शाखाको एक कार्यक्रम वीच नेपाल राष्ट्र वैंक धनगढीका प्रवन्धक धनन्जय शर्मा र धनगढी उपमहानगरपालिका मेयर नृप ओडले उद्घाटन गर्नुभयो । वैंकले कमर्सियल वैंक सहको सुविधा सहित वचतमा वढी र कर्जामा कम व्याजमा वैंकिङ सेवा दिने जनाएको छ ।

धनगढीलाई केन्द्र विन्दु वनाएर अन्य क्षेत्रमा वैंकिङ सेवा प्रदान गर्ने ज्योती विकास वैंक सञ्चालक समितीका सदस्य जगदिश्वर अधिकारीले जानकारी दिनुभयो । २ अर्ब ५२ करोड चुक्ता पुँजी रहेको बैंकले १२ अर्ब निक्षेप संकलन गरी १० अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । धनगढी सहित प्रदेश नम्वर ७ का अन्य शहर र जिल्लाहरुमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved