जेलमा रहेका लक्ष्मण थारुद्वारा कैलाली ५ बाट प्रतिनिधि सभामा चुनाव लड्ने घोषणा : गच्छदारको पार्टीले धोका दिएको भन्दै राजपामा प्रवेश

0

दीपक जोशी, धनगढी ०२ कार्तिक ।

टीकापुर घटनाको आरोपका जेल जीवन विताइरहेका चर्चीत थारु नेता लक्ष्मण थारुसहित ३ जना राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन । हालै कांगेससंग एकिकरण भएको बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रीकका केन्द्रीय सदस्य समेत रहनुभएका थारु जेलबाटै राजपामा प्रबेष गरेका हुन ।

बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर लक्ष्मण थारु सहित विर बहादुर चौधरी र विश्राम चौधरीलाई पार्टी प्रवेश गराउनुभएको हो । जेलबाटै राजपामा प्रबेश गर्नुभएका चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा पनि गर्नुभएको छ ।

कांग्रेससंग एकिकरण भएको फोरम लोकतान्त्रीकका केन्द्रीय सदस्य समत रहनुभएका थारुले फोरम लोकतान्त्रीककले थारु आन्दोलनलाई धोका दिएको भन्दै राजपामा प्रबेश गरेको बताउनुभयो । माओवादीका पूर्वलडाकू समेत रहेका लक्ष्मण थारुले माओवादी पार्टी र लोकतान्त्रिक फोरमले समेत धोका दिएपछि जनतालाई न्याय दिन राजपामा प्रबेश गरेको बताएका छन । आफु माओवादी पार्टीमा रहदा कैलालीका ६ निर्वाचन क्षेत्र जितेको र त्यसपछि कुनै जनाधार नरहेको फोरम लोकतान्त्रीकलाई समेत कैलालीमा २ निर्वाचन क्षेत्र जिताएको दावी गर्ने थारुले दुबै पार्टीले अहिले थारु समुदायलाई धोका दिएको आरोप लगाउनुभयो ।

लक्ष्मण थारु सहित टिकापुर घटनाको आरोपमा जेलमा रहेका बिरबहादुर चौधरी र बिश्राम चौधरी पनि राजपामा प्रबेश गरेका छन । तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले टीकापुर घटना राजनैतिक भएको र पक्राउ परेकाहरु सबै निर्दाेष रहेको बताउँदै नआत्तिन भने पनि अन्तिममा धोका दिएकाले राजपा प्रवेश गरेको कारागारमा रहेका बिश्राम चौधरीले बताउनुभयो । टिकापुर घटनामा जेलमा रहेका २५ जना मध्ये ३ जना राजपामा प्रबेश गरेका हुन ।

जेलमै भएको पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेता राजेन्द्र महतोले टिकापुर घटनाका नाममा सोझासाझा थारुलाई राज्यले फसाएको आरोप लगाउनुभयो । उहाँले उक्त घटनाका बन्दीहरुको रिहाइका लागि पहल भईरहेकोले थारुहरुले आफ्नो अधिकारका लागि थालेको आन्दोलनमा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

यसैबिच राजपामा प्रबेश गर्नुभएका नेता लक्ष्मण थारुले आफु जेलबाटै कैलाली ५ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । प्राबिधिक कारणले आफुले उमेद्वारी दिन नपाउने अवस्था भएमात्रै पछि हट्ने नभए राजपाको छाता चुनाव चिन्हबाट चुनाव लड्ने उहाँले घोषणा गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved