This is a test

जिल्ला मालपोत कार्यालयको कम्प्युटर फाँटमा कर्मचारी अभाव, एउटै कामका लागि घण्टौ कुर्नुपर्ने बाध्यता

0

जनक विष्ट, धनगढी फागुन १२ गते ।

एउटै कामका लागि दैनिक जिल्ला मालपोत कार्यालय कैलाली धाउदा पनि पालो नआएपछि सेवाग्राही आक्रोसित भएका छन् । एउटै कामका लागि दैनिक कार्यालय पुग्दा पनि काम नभएपछि समय मात्र वर्वाद भएको भन्दै सेवाग्राही आक्रोसित भएका हुन् ।

खरिद गरेको जग्गा पास गर्नकै लागि मालोपत कार्यालय आउनुभएका धनगढी उपमहानरपालिका वडा नम्बर १२ ए गाँउका भीम बहादुर थापा विगत तीन दिन देखी दैनिक जिल्ला मालपोत कार्यालय धाइरहनुभएको छ । थापाले अन्य काम भ्याउनुभयो तर, कार्यालयको १० नम्बर कोठाको कम्प्युटर फाँटको बाहिर पट्टीको लाईनमा कुर्दा पनि उहाँको पालो आएन र शुक्रबार मालपोत कार्यालय पुगेर थापा फेरी लाईन लाग्नुभयो ।

समस्या उहाँको मात्र होइन, थापा जस्तै दैनिक एउटै कामका लागि मालपोत कार्यालय धाइरहेका अन्य सेवाग्राहीको समस्या पनि यस्तै छ । आफ्नो समस्यालाई लिएर सम्बन्धीत अधिकारी समक्ष, पुग्दा कर्मचारी अभाव रहेको जवाफ मिल्ने गरेको पाइएपछि सेवाग्राही थप आक्रोसित भएका छन् । सात–सात वटा मन्त्रीका लागि चाहे अनुसारको सेवा सुविधा दिइरहेको सरकारले आफुहरुको सेवा छिटोछरिता गर्नमा ध्यान नदिएको भन्दै आलोचना समेत गरेका छन् ।

यता, विगत देखी नै समस्या उत्पन्न भएको महसुस गरिएको जनाउदै जिल्ला मालपोत कार्यालयले दुई जना कम्प्युटर अपरेटरको दरबन्दी रहेपनि एक जना विदामा जादा थप समस्या सिर्जना भएको दाबि गरेको छ । पटक÷पटक कम्प्युटर अपरेटरको दरबन्दी थप्नका लागि केन्द्रमा आग्रह गरेपनि वेवास्ता गरिएको जिल्ला मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख मनोहर श्रेष्ठले बताउनुभयो ।

समस्याका वारेमा प्रदेश नम्बर ७ का मख्यमन्त्री त्रिलोचन भट्टलाई समेत जानकारी गराएको कार्यालयको दावी छ । तर प्रदेश सरकारले यसको वारेमा कुनै प्रतिक्रिया जनाएको छैन । दरबन्दी अभावमा जग्गा खरिद बिक्रि, रोक्का फुकुवा, जग्गाको रेकर्ड राख्ने लगायतका सम्पुर्ण काम एउटै फाँटबाट गर्नुपर्ने भएकाले कार्यालयलाई समस्या भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved