This is a test

जिल्ला अस्पताल बाजुरामा कार्यलय सहयोगि द्धारा एक्सरे

0

प्रकाश सिंह, बाजुरा पुस २२ गते ।

जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा कार्यलय सहयोगिले बिरामीको एक्सरे गरदै आएका छन् । एक्सरे गर्ने कर्मचारी अस्पातँलमा उपस्थित नभएकाले कार्यलय सहयोगि दिल बिष्टले बिरामीको एक्सरे गरदै आएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । एक्सरे कर्मचारी कोही नहुँदा बिगत एक साता देखि कार्यलय सहयोगीले एक्सरे गरदै आएका हुन ।

जिल्ला स्वास्थ्य कार्यलयमा कार्यरत रेडियो ग्राफर वोलराज आर्चाय घर बिदामा गएपछि कार्यलय सहयोगिले एक्सरे गर्दै आएका जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताउनुभयो । नियमले कार्यलय सहयोगिले एक्सरे गर्न नपाउने पनि कर्मचारी अभावमा बाध्य भएर गराउनु परेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved