This is a test

जिल्लाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु

0

बैतडी, २७ असोज ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरु गरेको छ । संघीय कार्यान्वयन एकाइको निर्देशनअनुसार कार्यालयले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको हो । सबै स्वास्थ्य संस्थालाई पत्राचार गर्दै जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित स्वास्थ्य संस्थालाई आआफ्नो स्वामित्वमा रहेको जग्गा–जमिन, औषधि उपकरण लगायत चल अचल सम्पत्ति विवरण पेश गर्न निर्देशन गरेको छ ।

यस्तै, स्थाई, अस्थायी र करारमा रहेका सबै कर्मचारीको विवरण पनि पेश गर्न भनिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मातहत सञ्चालित स्वास्थ्य संस्था अब गाउँपालिका र नगरपालिका मातहत रहने छन् । अहिले विवरण संकलन गर्ने काम भइरहेको र संघ र प्रदेशको चुनावपछि हस्तान्तरणका लागि बाँकी प्रक्रिया अगाडि बढ्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । जिल्ला अस्पताल कुन तहको मातहतमा रहने भन्नेबारे अझै टुंगो नलागे पनि स्थानीय तहमा रहेको सबै स्वास्थ्य संस्था भने सम्बन्धित स्थानीय तहकै मातहत रहने छन् । जिल्ला अस्पतालबाहेक बैतडीका ५ सय ९१ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिनेछन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved