जापानका ख्याति प्राप्त परिकारहरु अव धनगढीमा पनि पाउने

0

नवराज पनेरु, धनगढी भदौ १९
झण्डै ९ बर्ष अगाडी अध्ययनका लागी धनगढीको तारानगरका भुवन पाठक बेलायत जानुभयो । औपचारीक शिक्षा अगाडी बढाउन बेलायत पुग्नुभएका पाठकको त्यहाँ पुगेपछि सोच परिवर्तन भयो र पर्यटनका विषयमा अध्ययन सुरु गर्नुभयो । अध्ययन र केहि बर्ष काम गरी ६ बर्षपछि पाठक नेपाल फर्कीनुभयो । आफ्नै ठाँउमा केहि गर्नुपर्छ भन्ने सोचका साथ धनगढीमा पनि जापनीज परिकारको स्वाद दिने योजना गर्दै पाठकले जापनीज फ्राई चिनक अर्थात टोयो कारागे रेष्टुरेन्ट खोल्नुभएको छ ।

जापानको ख्याति प्राप्त जापनीज फ्राई चिकन अर्थात टोयो कारागे धनगढीको बजारमा पनि प्रबेश भएको हो । काठमाडौको थापाथलीमा रहेको जापनीज फ्राई चिकन रेष्टुरेन्टले धनगढीको बैडावेहडीमा शाखा विस्तार गरेसंगै ख्याति प्राप्त जापनीज परिकारहरु अव धनगढीमा पनि पाईने भएको हो । रेष्टुरेन्टको सोमवार एक कार्यक्रमका विच कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीनद रिजालले उद्धघाटन गर्नुभएको छ ।

नौलो स्वादमा मासु पारखीहरुका लागि लक्षित गरी यस क्षेत्रमा सुहाउदो मुल्य राख्दै रेष्टुरेन्ट खोलीएको हो । नयाँ स्वादका चिकनमा प्रयोग हुने शस लगायत यसमा प्रयोग गरिने सम्पुर्ण मसलाहरु जापानबाट नै ल्याईने पनि रेष्टुरेन्टले जनाएको छ । पहिलो बिक्री केन्द्र थापाथलीमा राखीएकोमा राजधानी बाहीर पहिलो पटक धनगढीमा शााखा विस्तार गरीएको जापनीज फ्राई चिकेन रेष्टुरेन्ट धनगढीका सञ्चालक पाठकले बताउनुभयो ।

रेष्टुरेन्टमा धेरैजसो जापानीज स्वादका परिकारहरु रहेपनि केही नेपाली परिकार पनि पाईने छ । जापानी परिकार पकाउनका लागी काठमाडौबाटै एक जना तालीम प्राप्त सेफ बोलाएर रेष्टुरेन्टमै कार्यरत अन्यलाई सिकाईरहनुभएको छ । संसारभरि नै स्वस्थ खानाको रुपमा जापानी खाना चर्चित छ । काठमाडौंमा पनि जापानी खानाको चलन अलि पहिले नै आइसकेको थियो तर उपत्यका बाहिर भने जापानी परिकारको स्वाद लिन पाईएको थिएन ।
नेपालीहरू जापानमा जाने चलन बढेका कारण नेपालमा जापानी स्वादले लोकप्रियता पाउँदै गएको पनि छ ।

धनगढीमा सुरु भएको जापनीज रेष्टुरेन्टले जापानी आतिथ्यता संस्कार भित्रीनुका साथै विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न प्रोत्साहन गर्ने विश्वास पनि लिईएको छ । विदेशमा बस्नेलाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्नका लागि नेपालमा व्यवसाय सुरु गरेको सञ्चालक  पाठकले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved