This is a test

जमीन पुरै वालुवाले भर्यो, जमीनमा उत्पादन हुन छोडेपछि अर्काको भर

0

सिताराम ओझा, धनगढी पुस २९ गते ।

कैलालीको भजनी नगरपालिका वडा नम्वर ३ को ढुसी गाउँमा कान्द्रा नदीले खेतीयोग्य जमीनलाई वगरमा परिणत गर्दा स्थानीय वासिन्दाहरु मर्कामा परेका छन । उनीहरुमध्ये केही परिवार विस्थापित भएका छन भने कतिपय परिवार भारत पलायन भएका छन । उत्पादन हुने जमीन वगरमा परिणत भएप्छि स्थानीय वासिन्दाहरुले समस्या समाधानका लागि विभिन्न निकायहरुमा पहल गरे पनि हालसम्म आफुहरुका समस्या ज्युका त्यु रहेको वताएका छन ।

भएको उव्जाउ हुने जमीन वगर वनेपछि खान लाउन समस्या भएको थानीय वासिन्दा शोभादेवी चाईले बताउनुभयो । पटक पटक कान्द्रा नदीले कटान गर्दै जमीनलाई वालुवा परिणत गर्दै आएकोमा २०७३ साल साउन ६ गते आएको वाढीले जमीनलाई पुरै वालुवाले भरेपछि स्थानीय वासिन्दाहरुको खान पाउने अधिकार वन्चित भएको हो ।

वाढीले भएको जमीनमा उत्पादन नै हुन छोडेपछि अर्काको भर परेर, दिन मजदुरी गरेर र भारतमा रोजगारी गरेर हात मुख जोर्नुपरेको स्थानीय रामलाल डगौराले बताउनुभयो । वाढीले २५ विगाह जमीनलाई वगर वनाएपछि आर्थिक रुपमा पनि स्थानीय वासिन्दाहरु कमजोर भएका छन । प्रति विगाहवाट २५÷३० क्वीन्टल एक पटकको खेतीमा खाद्यान्न उत्पादन हुने गरेकोमा आजभोली किनेर खानु परेको र वोर्डिङ पढ्ने छोराछोरीहरुलाई सरकारी विद्यालयमा पढाउन थालेको स्थानीय आशा डिसीले बताउनुभयो ।

स्थानीय वासिन्दाहरुले तटवन्धका लागि विभिन्न निकायहरु थाउँदा पनि समस्या समाधान नभएको वताएका छन । विभिन्न निर्वाचनका वेला भोट माग्न आउँदा झण्डै ४ सय मिटर अग्लो तटवन्धले खेतीयोग्य जमीन वचाउन सकिने भएकोले त्यो पुरा गर्छु भनेको तर अहिलेसम्म पनि केही नगरेको वाढी पिडितको संघर्ष समीतीका संयोजक धनीराम पोखरेलले बताउनुभयो ।

स्थानीय वासिन्दाले एक पटक तटवन्धनका लागि वजेट पाएपनि असारमा राम्रो काम हुन नसक्दा न त पुरै वजेट नै खर्च भयो न त आधा तटवन्धनले वगर वन्नवाट नै वग्यो । अझै पनि स्थानीयहरु आफ्नो वाँच्न पाउने खाद्य अधिकारका लागि विभिन्न निकायहरु धाईरहेका छन । तर उनीहरुका समस्या जस्ताको त्यस्तै रहेको खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आएको याक नेपालका परियोजना अधिकृत सर्जु चौधरीले बताउनुभयो ।

भजनी त्रिशक्ती नगरपालिकालाई पनि यस वारेमा अवगत छ तर स्थानीय निर्वाचित जन प्रतिनिधिहरुले यस वारेमा प्रतिक्रिया दिन मानेनन् । उनीहरुलाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । चुनावका वेला उनीहरुले वडा नम्वर ३ का स्थानीय वासिन्दालाई दिएको वाचा भुलेका छन । यता जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भने कान्द्रा नदीले गरिरहेको क्षति न्युनीकरणका लागि योजना वनाएर विभागमा पठाएको तर स्वीकृत भएर नआएको कार्यालयका प्रमुख रणवहादुर वमले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved