This is a test

जनवादी क्रान्ती संगै साहीत्यकार बनेका विवश कुमार सेजुवाल

0

नवराज पनेरु, धनगढी पुस १६ गते ।

२०५२ सालदेखी एक दशक सम्म चलेको जनयुद्धमा जनमुक्ती सेनाको सास्कृतीक टोली निकै चर्चामा रहन्थ्यो । जनवादी गित र सोही अनुसार गरीने सास्कृतीक कार्यक्रमले भुमीगत भएका नेता कार्यकर्ताहरुलाई मात्रै होईन सर्वसाधारणलाई पनि देशभत्तिको भावना दिलाउने गरेको थियो । तर जनवादी गित गाउँदै सास्कृतीक कार्यक्रम गर्ने ति कलाकारहरु अहिले खोज्नु पर्ने बेला आएको छ ।

सोही सास्कृतीक आन्दोलनमा ६ बर्ष विताउनुभएका कलाकारहरु मध्येका एक जना हुनुहुन्छ कैलालीका विवश कुमार सेजुवाल् । २०५४ सालमा माओवादी आन्दोलनको सुरवात भईरहँदा कम्युनिष्टका विभीन्न सास्कृतीक कार्यक्रममा सेती महाकालीमा देखीने बाल कलाकार मध्येका एक हुनुहुन्थ्यो कैलाली मसुरीयाका विवश कुमार सेजुवाल ।

कम्युनिष्टहरुले सेजुवालको कला चिनेर होला थुप्रै सास्कृतीक कार्यक्रममा उहाँको माग हुने गरेको थियो । विस्तारै देशमा भुमीगत रहेको माओवादीको प्रभाव बढ्दै गएपछि २०५८ सालमा भुमीगत हुने निर्णय लिनुभएका सेजुवाललाई आफ्नो साहीत्यीक यात्रा त्यसपछि कति सम्म अगाडी बढ्ला भन्ने कुनै पनि अनुमान थिएन् ।

तर जनमुक्ती सेनाका लागी भुमीगत भएका सेजुवालको कला त्यहाँ पनि फेल खाएन र उहाँलाई सेती, महाकालीमा सास्कृतीक कार्यक्रम गर्ने गरी जनमुक्ती सेना भित्रैको सास्कृतीक टोलीमा समावेश गराईयो । जनमुक्ती सेना भित्रै सास्कृतीक टोलीको निकै महत्व थियो । जनमुक्ती सेना युद्ध लड्ने र युद्धमा हार जित दुवै हुने भएकाले उनिहरुलाई गित संगित मार्फत उत्साह बनाई राख्न हौसला प्रदान भईरहने गर्दथ्यो ।

सोही अनुसार सेजुवालको काम थियो युद्ध लडेर फर्कीएका जनमुक्ती सेनाहरुलाई गित, संगित र सास्कृतीक कार्यक्रम मार्फत उर्जा थप्ने । सेजुवाल नेपाली साहीत्यमा भुमीगत भएकै बेला सास्कृतीक कार्यक्रम गरेर परिचीत हुने त कुनै सम्भावना थिएन । तर भुमीगत भएकै बेला प्रकाशन भएको अमरदिप कविता संग्रहले सेजुवालको नेपाली साहीत्यमा छुट्टै पहिचान बनाएको हो ।

त्यसपछि स्ववेच्छीक अवकास लिनुभएका सेजुवालले म रोएको त्यो दिन यात्रा संस्मरण प्रकाशन गर्नुभयो भने केहि गित पनि रेकर्ड गर्नुभयो । जनयुद्धसंगै सुरु भएको सेजुवालको साहीत्यीक यात्रा २०६६ सालदेखी खासै अगाडी बढ्न सकेको छैन् । तिन बर्ष बैदेशीक रोजगारीबाट फर्कीएपछि सेजुवाल फेरी लेख्न बाँकी रहेको सुदुरपश्चिमलाई आफ्नो कलम मार्फत उठान गर्ने तयारीमा हुनुुहुन्छ ।

यो हप्ताको सृष्टा र सृजान सुन्न यहाँ क्लिक गर्नुहोस:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved