This is a test

जनप्रतिनिधिहरु विलासी निर्णय गर्नमै व्यस्त, अर्वाैको विकास बजेट खातामै थन्कियो

0

नवराज पनेरु, धनगढी फागुन १२ गते ।

चालु आर्थिक बर्षको साढे ८ महिना वितिसक्दा समेत कैलालीका स्थानीय तहमा विनीयोजीत बजेटको एक तिहाई पनि खर्च भएको छैन् । चालु र पुँजीगत बजेट जोडेर पनि कैलालीका स्थानीय तहले विनियोजित बजेटको एक तिहाई पनि खर्च गर्न सकेका छैनन् । जिल्लाका १३ वटै स्थानीय तहले दोश्रो चौमासीक सकिनै लाग्दा समेत विकास बजेट १५ प्रतिशत पनि खर्च गर्न सकेका छैनन् ।

५ अर्व २४ करोड ५० लाख बढि बजेट कार्यान्वयनको जिम्मा पाएका कैलालीका १३ वटा स्थानीय तहले पहिलो चौमासीकमा १२ प्रतिशत अर्थात ६४ करोड मात्रै बजेट खर्च गर्न सकेका थिए । विकास बजेट भने ५ प्रतिशत पनि खर्च भएको थिएन् । दोश्रो चौमासीक सकिनै लाग्दा चालु तर्फको खर्च बढेको भएपनि छ तर विकास बजेट १५ प्रतिशत पनि नपुगेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीराज जोशीले बताउनुभयो ।

कर्मचारीको अपर्याप्तता देखि जनप्रतिनीधीहरुको पहिलो बर्ष नै भएकाले विनीयोजीत बजेट कार्यान्वयनमा समस्या आएकोे कैलालीको गौरीगंगा नगरपालीकाका मेयर भिम वहादुर देउवाले बताउनुभयो । झण्डै ४० करोड बजेट कार्यान्वयनको जिम्मा पाएको गौरीगंगा नगरपालीकाले साढे ८ महिना सम्म ७ करोड मात्रै खर्च गरेको छ । स्थानीय तहमा जनप्रतिनीधी आएको र चालु आर्थीक बर्ष सुरु भएको संग सगै हो ।

जनप्रतिनीधीहरुले साढे ८ महिनाको समयमा विकास बजेट खर्च गर्नुभन्दा पनि विलासी निर्णय गरेर चालु तर्फको बजेट बढाउने मात्रै काम गरेको आरोप लाग्दै आएको छ । ठुलो रकमको प्रभावकारी खर्च गर्न स्थानीय संरचनामा क्षमताको अभाव पनि स्पष्ट रुपमा देखीएको छ । स्थानीय तहका जनप्रतिनिधि पनि प्रभावकारी रुपमा खर्च गर्ने क्षमताप्रति आश्वस्त देखिंएका छैनन् ।

गाउँपालिका वा नगरपालिकाका केन्द्रमा मात्रै विभिन्न क्षेत्रका कर्मचारी राख्ने व्यवस्था गरीएको छ भने योजना कार्यान्वयन गर्ने वडाहरुमा विषयगत कार्यालयका एक जना कर्मचारी पाउन पनि मुस्कील भईरहेको छ । यस्तै अवस्था रह्यो भने ठुलो बजेट खर्च नहुने धनगढी उप–महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतमले बताउनुभयो । विगतमा जिल्लाभरीका विकासे अड्डाहरुले पाउने विकास बजेट १३ वटा स्थानीय तहले मात्रै पाएका छन् । यस्तो बेला स्थानीय तहका जनप्रतिनीधी र कर्मचारीले आफ्नो कार्य क्षमता देखाउने बेला विकास बजेट खातामै थन्काएर विलासी निर्णय गर्न मात्रै व्यस्त रहनु जिल्लाको विकास र समृद्धीका लागी ठुलो धक्काको रुपमा हेरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved