This is a test

जनता आवास कार्यक्रम अन्तरगत निर्माण भईरहेका घरमा गुणस्तरहिन इटाको प्रयोग

0

नवराज पनेरु, धनगढी पुस २६ गते ।

विपन्न तथा गरिब परिवारलाई लक्षित गरी सरकारले आर्थीक बर्ष २०७३÷०७४ मा सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तरगत कैलालीमा निर्माण भईरहेका घरमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको भेटीएको छ । जनता आवास कार्यक्रम अन्तरगत कैलाली जिल्लाको भजनी नगरपालिकाको लालबोझी र खैलाडमा राजी समुदायका लागी निर्माण भईरहेका २ सय १३ वटा घरमा २ नम्वर ईटा र अन्य गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरीएको भेटीएको हो ।

घर बनाउनका लागि खसालीएका इटामा गुणस्तरहिन इटा मिसाएर ठगी गरेको लाभग्राहीले गुनासो गरेका छन् । जनता आवास कार्यक्रमको कार्यविधी २०७३ मा भुकम्प प्रतिरोधी घर निर्माण हुनुपर्ने उल्लेख गरीएपनि कैलालीमा घर निर्माणका लागी २ नम्वर इटा प्रयोग गरीएको छ । २, ३ नम्वरको इटा प्रयोग गरीदा घर निर्माण सम्पन्न नहुँदै भत्किन र टुट्न थालेका भजनी नगरपालीकाको खैलाडमा जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरीरहेका लाभग्राही गजेन्द्र वहादुर राजीले बताउनुभयो ।

लाभग्राहीहरुका अनुसार २ र ३ नम्बरको टुक्राटुक्री ईटाबाट घर निर्माण भईरहेको छ । घर निर्माणका लागी ल्याईएका इटाहरु ढुवानी गर्दा गर्दै फुटीरहेका र पानी पर्दा गल्ने गरेका स्थानीय बासमती राजीले बताउनुभयो । त्यस्ता गुणस्तरहिन इटाले भुकम्प प्रतिरोधी घर कसरी निर्माण होला भनेर लाभग्राही गुनासो गर्दै आएका छन् । घर निर्माणका लागी इटाको सम्झौता जनता आवास निर्माण उपभोक्ता समितिले गरेको हो । २ नम्वर इटा भनिएपनि एक इटाको ९ रुपैया ५० पैशाका दरले समितीले इटा खरीद गर्दै आएको जनाएको छ ।

यहि रकममा एक नम्वर इटा पनि खरीद गर्न सकिने इटा व्यवसायी बताउदै आएका छन् । भजनी नगरपालीका अन्तरगत खैलाड र लालबोझीमा राजी समुदायका २ सय १३ वटा घर निर्माणका लागी गठित जनता आवास निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम राजीले इष्टीमेट अनुसार नै घर निर्माण भईरहेको बताउनुभयो । जनता आवास कार्यक्रम अन्तरगत निर्माण गरीने घरका लागी २ नम्वर इटा प्रयोग गरिने भनिएपनि गुणस्तरीय बालुवा र सोहि अनुपातमा सिमेण्टको प्रयोग गर्नु पर्ने ब्यवस्था छ ।

तर बालुवा र सिमेन्टको अनुपात पनि नमिलाईएको लाभग्राहीले गुनासो गरेका छन् । सामान्यत ६ बोरी बालुवामा १ बोरा सिमेन्ट मिसाएर मसला बनाउने गरीएपनि ८ बोरा बालुवामा १ बोरा सिमेन्ट मिसाएर निर्माण सामाग्री तयार भईरहेको उनिहरुले बताएका छन् । यता भजनी क्षेत्रमा जनता आवास कार्यक्रम हेरीरहनुभएका शहरी विकास तथा भवन निर्माण विभागका शव ईन्जीनियर श्रवण चौधरी भने २ नम्वर इटा नै प्रयोग गर्ने ईष्टीमेट बनेको बताउनुहुन्छ ।

घर निर्माणका लागी जनता आवास कार्यक्रम मार्फत २ लाख १६ हजार प्रति परिवार उपलव्ध गराईने छ भने १० हजार बराबरको परिवारले नै श्रमदान गर्नुपर्ने छ । लाभग्राहीहरुले सहरी विकास र जनता आवास निर्माण उपभोक्ता समितीको मिलेमतोमा कमसल निर्माण सामाग्री प्रयोग गरीएको आरोप लगाएका छन् । व्यक्तीगत रुपमा रकम थपेर एक नम्वर इटा ल्याईदिन समितीलाई पटक–पटक माग गरेपनि वास्ता नगरीएको राजी सेवा समाज कैलालीका अध्यक्ष चित्रवहादुर राजीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved