This is a test

जनता आवास कार्यक्रम अन्तरगत भजनीमा घर निर्माणमा ढिलाई

0

नवराज पनेरु, धनगढी पुस २७ गते ।

विपन्न तथा गरिब परिवारलाई लक्षित गरी सरकारले आर्थीक बर्ष २०७३÷०७४ मा सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तरगत कैलालीको भजनी नगरपालीकामा घरको निर्माणमा निकै ढिलाई भएको छ । जनता आवास कार्यक्रम अन्तरगत कैलाली जिल्लाको भजनी नगरपालिकाको लालबोझी र खैलाडमा राजी समुदायका लागी निर्माण भईरहेका २ सय १३ वटा घर मध्ये अहिले सम्म एउटा पनि घर निर्माण सम्पन्न भएको छैन् । गत आर्थीक बर्षमै निर्माण सक्ने सम्झौता भएपनि नयाँ आर्थीक बर्षको ६ महिना वित्नै लाग्दा समेत घर निर्माण सम्पन्न नभएको हो ।

फागुन सम्मको म्याद थप गरीएको छ तर अझै सम्म पनि केहि घरको जग समेत हलीएको छैन् । यो हिउदमा आफ्नै घरमा बस्न पाउने आशा गरेका राजी परिवारहरु घर निर्माणमा निकै ढिलाई भएपछि निराश भएका छन । राजी समुदायका २ सय १३ वटा घर मध्ये ३७ वटा घर लालबोझीमा निर्माण भईरहेका छन् भने बाँकी १ सय ७४ वटा घरहरु खैलाडको भुरुवामा निर्माण भईरहेक छन् ।

गत आर्थीक बर्षमै निर्माण सक्ने सम्झौता भएपनि अहिले सम्म पनि घर निर्माण नभएको स्थानीय गजेन्द्र बहादुर राजीले बताउनुभयो । अधिकासंले छाना हाल्न बाँकी रहेको छ भने केहि लाभग्राहीले भर्खरै जग हालेर काम सुरु गरेका छन् । १६ परिवारको अहिले सम्म जग हाल्न समेत बाँकी रहेको छ । गत आर्थीक बर्षको अन्त्यतिर जेठमा आएर मात्रै घर निर्माण अघिका प्रक्रियाहरु सहरी विकासले पुरा गरेपछि घर निर्माणमा ढिलाई भएको हो । त्यसैमा लालबोझी र खैलडाको भुरुवा पुरै बाढी ग्रस्त क्षेत्र भएकाले ३, ४ महिना काम नै रोकीएको थियो ।

घर निर्माणका लागी गठित जनता आवास निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम राजीले काठ नपाउदा काममा ढिलाई भएको बताउनुभयो । फागुन महिना सम्म जसरी पनि घर निमार्ण गरिसक्ने उहाले बताउनुभयो । जनता आवास कार्यक्रम सञ्चालन गरीरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीले योजना कार्यान्वयन गर्न निकै ढिलाई गर्दा लाभग्राहीले यसपालीको जाडो मौसममा समेत घरमा बस्न पाएका छैनन् ।

फागुन सम्मको म्याद थप गरीएपनि समयमै निर्माण सामाग्री नपाउँदा घर निर्माण सम्पन्न हुनेमा लाभग्राही नै ढुक्क छैनन् । यस्तै भर्खरै जग हाल्न सुरु गरेका र जग नै हाल्न बाँकी लाभग्राहीले पनि समयमै निर्माण सक्नेमा आसंका गरीएको छ । भजनी क्षेत्रमा जनता आवास कार्यक्रम हेरीरहनुभएका शहरी विकास तथा भवन निर्माण विभागका शव ईन्जीनियर श्रवण चौधरी भने सर्वेमा ढिलाई भएका कारण काममा ढिलाई भएको बताउनुहुन्छ ।

घर निर्माणका लागी जनता आवास कार्यक्रम मार्फत २ लाख १६ हजार प्रति परिवार उपलव्ध गराउने र १० हजार बराबरको परिवारले नै श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ । तर विपन्न परिवारका लागी बासको उचित व्यवस्था गर्न ल्याईएको सो कार्यक्रमबाट लाभान्वीत हुन लाभग्राहीलाई झण्डै एक बर्ष कुर्नु पर्ने देखीएको छ । त्यसैमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरीदा भने उनिहरु झनै निराश भएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved