This is a test

जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणले ९ करोड बजेट पठायो

0

नवराज पनेरु, धनगढी ३० भदौ ।

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणले थप ९ करोड बजेट पठकएको छ । १९ करोड माग गरीएकोमा अहिले तत्कालका लागि १० करोड पेश्की दिएपनि ९ करोड मात्रै जिल्ला प्रशासन कार्यालय कैलालीको खतामा जम्मा भएको जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुव्वा राममुर्ती सिहले जानकारी दिनुभयो । प्राधीकरणले हिजो ९ करोडको चेक पठाएकोमा आज मात्रै प्रशासनको खतामा उक्त रकम जम्मा भएको छ । शुक्रवारदेखी फेरी जग्गा धनीलाई मुआव्जा वितरणको काम सुरु गरीने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यसअघि जिल्ला प्रशासनको खातामा रहेको ६ करोड रकम मध्ये ५ करोड ९९ लाख रकम जग्गा धनिहरुलाई दिई सकिएको छ । झण्डै ३४ जना जग्गा धनीले मुआव्जा लिईसकेका छन् भने ९ करोड रकम आएपनि फेरी पनि मुआव्जा वितरणका लागी रकम अपुग हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र नारायण देबले प्राधिकरणको समग्र बजेट नै पास नगरेकाले विमानस्थल अधिग्रहणको सबै रकम एक पटक आउन नसकेको प्राधीकरण श्रोतले जनाएको छ । अहिले जग्गा अधिग्रहणको प्रकृयामा गईसकेकाले प्राधिकरणले आफ्नो पुरानो बजेटबाट १० करोड पेश्की बजेट बाट ९ करोड बजेट पठाएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved