This is a test

छैठौ क्यास्पियन कप सुरु

0

धनगढी, माघ ०६ गते ।

छैठौ क्यास्पियन कप शुक्रवार देखी धनगढीमा सुरु भएको छ । क्यास्पीयन एकडेमीको आयोजनामा प्रतियोगीता धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सुरु भएको हो । पहिलो दिन भएका ४ वटा खेलमा ऐश्वर्य विद्या निकेतन, शारदा उमावि, ज्ञान निकेतन र एक्सिस विद्याश्रम विजयी भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा एश्वर्यले मयुर बोर्डिङ स्कललाई १८ रनले पराजित गरेको थियो । टस जितेर व्याटिङ सुरु गरेको ऐश्वर्यले निर्धारित १० ओभरमा ५८ रन जोड्न सफल भएको थियो । जवाफि व्याटिङमा उत्रेको मयूरले ४१ रनमात्र जोडन सफल भएको थियो ।

यस्तै शारदा मावि र लिटलफ्लावर स्कुल विच भएको दोश्रो खेलमा शारदा विजयी भएको छ । टस हारेर व्याटिङको निम्तो पाएको शारदा विद्या निकेतनले निधारित १० ओभरमा ५४ रन जोडेको थियो । जवाफि व्याटिङमा उत्रेको लिटलले भने सवै विकेट गुमाएर ३७ रनमात्र बनाएको थियो ।

शुक्रबारनै भएको तेश्रो खेल ज्ञान्निकेतनले जोती इङलिस स्कुललाई ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस्तै शुक्रबारनै भएको चौथो खेल पञ्चोदयलाई पराजित गदै एक्सिस विद्याश्रमले जितेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved