This is a test

छाउपडी गोठमा सुतेकी एक महिलाको रहस्यमय मृत्यु

0

शिवराज खत्री अछाम, पुस २४ गते ।

महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेको अवस्थामा अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा आईतवार राती २२ बर्षीया एक महिलाको मृत्यु भएको छ । साविकको भैरवस्थान गाविस–९ लकान्द्रा की २२ बर्षीया गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको परिवारजनले जनाएको छ ।

मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी हुन । बेलुकीपख खानाखाएर सुतेकी गौरी बिहान अबेर सम्म नउठ्दा ढोका फोडेर हेरेपछि मृत अवस्थामा भेटिएको मृतकका ससुरा डम्बर बहादुर बुढाले जानकारी दिनुभयो । दिनभर मेलामा खर काटेर बेलुकी खाना खाएर सुतेकी बुहारी बिहान मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । मृतकका श्रीमान बिरेन्द्र बुढा नेपाल प्रहरीमा कार्यरत छन ।

बुढाको डेढ बर्ष पहिले मात्र बिहे भएको थियो । महिला तथा बालबालिका कार्यालयले सेभ्द चिल्ड्रेनको सहयोगमा संचालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई बर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको हो । गत बर्ष मात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved