This is a test

चिसोका कारण कैलाली, कञ्चनपुरको जनजिवन प्रभावीत

0

नवराज पनेरु, धनगढी पुस २२ गते ।

पहाडी जिल्लासंगै चिसोका कारण कैलाली, कञ्चनपुरको जनजिवन पनि प्रभावीत भएको छ । झण्डै एक सातादेखी बढेको चिसोले कैलाली, कञ्चनपुरको जनजिवन प्रभावीत भएको हो । चिसोबाट बढी मात्रामा वृद्धवृद्धा तथा बालबालिका प्रभावित भएका छन् । यस्तै मजदुर र विभीन्न रोगका विरामीहरु पनि चिसोका कारण बढि समस्यामा परेका छन् ।

निमोनिया, दम, खोकी, पेट दुख्ने र ज्वरो आउने लगायतका विरामीको संख्या पनि स्वास्थ्य सस्थाहरुमा बढेको छ । अझै ३, ४ दिन चिसो बढ्ने सम्भावना रहेकाले स्वास्थ्यको विशेष ख्याल राख्न आग्रह गरीएको छ । पौषको मध्यदेखी अधिकतम तापक्रम र न्युनतम तापक्रम विचको फरक घट्दै गएपछि प्रदेश नम्वर ७ का तराईका जिल्लामा दिनप्रति चिसो बढ्दै गएको छ ।

चिसो बढेसँगै गाउँघर र सहरबजारमा मानिसको चहलपहल सामान्य अवस्थाको तुलनामा निक्कै कम भएको छ । विहानैदेखी मजदुरीमा सक्रिय रहने मजदुरहरुले अत्याधीक चिसो बढेपनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । मजदुरी नगरी विहान बेलुका घरमा आगो नबल्ने भएकाले जाडोको वेवास्ता गर्दै मजदुरी गरीरहेको विष्णु चौधरीले बताउनुभयो । धनगढीमा बिहीवार यो हिउदको सर्वाधिक जाडोको दिन मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार शुक्रवार पनि धनगढीको अधिकतम तापक्रम १२ दशमलव ६ डिग्री नै मापन गरीएको छ । तर न्युनतम तापक्रम ९ दशमलव ६ बाट झरेर ९ दशमलव २ मा पुगेको छ । कैलाली, कञ्चनपुरमा अझै ३, ४ दिन जाडो बढ्ने सम्भावना रहेको मौसम विज्ञान विभागका मौसमविद मिन कुमार अर्यालले बताउनुभयो । चिसोमा बालबालीका र बृद्धबृद्धाहरु बढि प्रभावीत हुने गर्दछन ।

बालबालीका र बृद्धबृद्धाहरुसंग रोगसंग लड्ने क्षमता कम हुने भएकाले चिसोले सजिलै समात्ने गरेको छ । त्यसैले नाक, मुख र जोर्नीलाई सबैभन्दा बढि जोगाउन पर्ने चिकीत्सकहरुले बताएका छन् । शितलहर परेका बेला र हुस्सु लागेका बेला बाहीर ननीस्कीन सेती अञ्चल अस्पतालका फिजीसीयन डाक्टर निराजन दत्त शर्माले आग्रह गर्नुभयो ।

चिसोले रक्तनली खुम्चिने र पर्याप्त रक्तसञ्चार नहुँदा मुटुरोगीमा हृदयघातको समस्या धेरै देखीएको छ । पछिल्लो २० दिनमा १० जना मुटुरोगका बिरामीको सेती अञ्चल अस्पतालमै मृत्यु भईसकेको छ । हृदयघातका घटनाहरु पनि दैनीक रुपमा सार्वजनीक भईरहेका छन् । चिसोमा मुटुले काम गर्न थप मेहनत गर्नु पर्ने भएकाले पनि चिसोबाट बच्न चिकीत्सकले आग्रह गरेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved