चर्चीत गितमा संगित भरेर पनि ओझेलमा परेका संगितकार शिशीर साधक

0

नवराज पनेरु, धनगढी ११ भदौ ।
चर्चीत गायीका जुनु रिजालको स्वरमा रहेको न दोष तिम्रो न दोष मेरो गिती गजल निकै चर्चामा छ । यो गिती गजलले गायीका रिजालको गायन यात्रालाई थप मजवुत र बलीयो पनि बनायो । तर यो गितका पर्दा पछाडीका नायकहरुको भने गायीका जत्तिको चर्चा भएन । कुनै पनि गितलाई चर्चीत बनाउन पर्दापछाडीको हिरो अर्थात गितकार, संगितकारको पनि महत्वपुर्ण भुमीका हुन्छ । तर उनिहरुको चर्चा कमै हुन्छ । यस्तै चर्चीत गितमा संगित भरेर पनि ओझेलमा परेका संगितकार हुन शिशीर साधक ।

झण्डै ९ बर्ष अगाडी बजारमा ल्याईएको यो गिती गजल अहिले सम्म पनि धेरै श्रोताको रोजाईको गित हो । यो गिती गजलको चर्चाको पछाडी यस्मा समेटीएका शव्द र जुनु रिजलाको स्वर मात्रै होईन संगित पनि उच्च स्तरको थियो । अछाम पुर्खेउली घर भई कैलालीको टिकापुर निवासी शिशिर साधकले यो गितमा गरेको उच्च स्तरको संगितको पनि संगितका ज्ञाताहरु माझ निकै चर्चा भयो । अछामी गितहरुमा राम्रंो दख्खल राख्ने बुवासंग सानै उमेरमा संगितमय वातावराण पाएपछि साधकलाई संगितका प्राथमीक विषयहरुका बारेमा जान्न कसैको भर पर्नुपरेन ।

टिकापुर र आसपासका क्षेत्रमै आयोजना हुने विभीन्न सास्कृतीक कार्यक्रम र धार्मीक कार्यक्रमहरुमा सहभागीता जनाउदै संगितसंग मोहनी लाईसक्नुभएका साधकले भारतको गुजरातमा संगितमा स्नाकोक्तर पनि गर्नुभयो । संगितका आधारभुत विषयको ज्ञानपछि साधकले नेपाली साङगीती यात्रालाई थप उचाईमा पुगाउन केहि बर्ष राजधानीमा संघर्ष गर्नुभयो । न दोष तिम्रो न दोष मेरो जस्तै उहाँले संगितकार भएर काम गरेका अन्य गितहरु पनि नेपाली श्रोताले मन पराए पनि ।

झण्डै १२ बर्ष नेपाली संगितमा सक्रिय भएर लाग्दा साधकले ५० बढि गितमा संगित दिईसक्नुभएको छ भने केहि गितमा स्वर पनि दिनुभएको छ । तर अहिले उहाँ धनगढी र अत्तरीयामा सास्त्रीय तथा सुगम संगितको साधनामा व्यस्त हुनुहुन्छ । उहाँले धनगढी र अत्तरीया क्षेत्रमा बेला–बेला कार्यक्रम गर्दै संगित पारखीहरुलाई सिकाईरहनुभएको छ । सुदुरपश्चिमले लोक गित र साहीत्यमा छुट्टै पहिचान बनाउन सफल भईसकेको छ ।

तर सुगम र सास्त्रीय अर्थात आधुनीक संगितमा सुदुरपश्चिलाई अहिले पनि पुछारमा परेको क्षेत्रका रुपमा हेरीदै आएको छ । यस क्षेत्रबाट उदाएका गायक गायीकाहरु, संगितकारहरु र गितकारहरुले आधुनीक संगितमा छाप राख्न नसकेर पनि होला । त्यसैले आधुनीक संगितमा सुदुरपश्चिमको पछाडी लागेको यो ट्यागलाई हटाउनका लागी सास्त्रीय तथा सुगम संगितको साधना आवश्यक रहेको संगितकार साधकको भनाई छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved