This is a test

चर्चाविहीनहरु प्रदेश नम्बर ७ को मुख्यमन्त्री हुनसक्ने

0

शिबराज भट्ट, धनगढी माघ १५ गते ।

प्रदेश नम्बर ७ मा राजधानी धनगढी तोकिएसँगै मुख्यमन्त्री पहाडमा जाने सम्भावना बढेको छ । दिपायलमा लामो समयको आन्दोलनका बाबजुद पनि राजधानी धनगढी तोकिएको थियो । अहिले दिपायलको आन्दोलन मत्थर भएको छ । पहाडको भावना समेटनकै लागि पनि मुख्यमन्त्री पहाडमा जाने सम्भावना देखिएको हो ।

आईतबार नेकपा एमाले र माओवादी केन्द्रको वामपन्थी कार्यदलले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने निर्णय गरेसँगै यस प्रदेशमा मुख्यमन्त्रीको अडकल काट्न थालिएको हो । दुबै पार्टीका नेता सम्मीलित कार्यदलको आईतबार बसेको बैठकले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने औपचारीक निर्णय गरेको छ । प्रदेश ७ को सभामुख पद भने एमालेको भागमा परेको छ ।

प्रदेश नम्बर ७ मा माओवादी केन्द्रका नेता बिरमान चौधरी र झपट बोहराको नाम एकाएक चर्चामा आएपनि, ती दुबैजना मुख्यमन्त्रीबाट ‘आउट’ हुने सम्भावना बढेको छ । यद्यपी बोहरा अछाम (पहाड) बाट निर्वाचित हुन । ‘बोहरा अछामबाट निर्वाचित भएपनि उहाँको स्थाई बसोबास धनगढीमा छ, ब्यापार ब्यवसाय धनगढीमा भएकाले पनि उनलाई तराईको भन्न थालिएको छ’ एकजना माओवादी नेताले भने ।

माओवादी केन्द्रभीत्र केही दिनदेखि राजधानी तराईमा भएकाले पहाडलाई मुख्यमन्त्री दिनुपर्ने जबरजस्त आवाज उठेपछि दुबै जना मुख्यमन्त्रीको दौडबाट ‘रिङ आउट’ हुने सम्भावना बढेको हो । विरमान चौधरी तत्कालिन नेकपा माओवादीको २०५२ साल देखिकै सदस्य हुन । उनले पार्टीको विभिन्न मोर्चामा रहेर काम गरिसकेका छन ।

तर बोहरा भने शान्ति प्रकृयापछि माओवादी प्रवेश गरेका हुन । उनी अहिले माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार समिति सदस्य छन भने चौधरी पार्टीको पोलिटब्युरो सदस्य हुन । ‘पार्टीमा सिनियरका हिसाबले तराईबाट विरमान मुख्यमन्त्रीका प्रबल दाबेदार हुन भने बोहरा शैक्षिक हिसाबले अगाडि मानिन्छन, तर बोहराको पार्टीको सिनियरिटि पुग्दैन’ एकजना माओवादी नेताले भने ।

मुख्यमन्त्रीका दाबेदार बोहरा भने पार्टीले जातिय र क्षेत्रीय कुरा भन्दा पनि क्षमताका हिसाबले मुख्यमन्त्री तय गर्ने बताए । ‘सुन्यबाट प्रदेशको समृद्धी सुरु गर्नुछ, बाम गठबन्धनलाई मिलाएर अघि बढनु छ, त्यसैमा काँग्रेस र राजपाको पनि सन्तुलन बनाउन सक्ने नेताले मुख्यमन्त्री हुनुपर्छ’ उनले भने ।

हुन त माओवादी केन्द्रका नेताहरु मुख्यमन्त्रीका लागि अहिले सम्म आधिकारिक रुपमा केही बोलेका छैनन । माओवादीका स्थाई कमिति सदस्य तथा प्रदेश नम्बर ७ का ईञ्चार्ज लेखराज भट्ट पनि यसबारेमा अहिले केही निर्णय भई नसकेको र पार्टीको स्थाई कमिटिले नै संसदीय दलको नेता छान्ने बताउछन ।

‘अहिले नै केही भन्न सकिने अवस्था छैन, सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल कैलाली आउने कार्यक्रम छ, त्यसपछि भेट हुन्छ र यसबारेमा छलफल हुन्छ’ उनले भने । तर भट्टले पार्टीभीत्र तराईमा राजधानी भएकाले मुख्यमन्त्री पहाडमा हुनुपर्ने आवाज सुनिन थालिएको स्वीकारे ।

कैलालीबाट विरमान चौधरी र सबै थोक कैलाली भएर पनि अछामबाट चुनाव जितेका झपट बोहरा ‘रिङ आउट’ भएमा त्यसपछिका सम्भावित मुख्यमन्त्रीका दाबेदारको रुपमा डोटीबाट त्रिलोचन भट्ट र दार्चुलाबाट मानसिह धामी सन्तोषको नाम चर्चामा आउन थालेको छ ।

डोटीबाट त्रिलोचन भट्ट २०४७ साल देखि नेकपा एकता केन्द्र हुदै माओवादीमा लागेका नेता हुन । उनी अहिले डोटी जिल्लाका ईञ्चार्ज र पार्टीको पोलिटब्युरो सदस्य छन । २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा चुनाव लडेर पराजित भएका भट्ट यसपाली प्रदेश सभामा जितेका हुन । ‘पार्टीमा २०४७ सालको नेकपा एकता केन्द्रको सदस्यता लिएको सिनियर ब्यक्ति म बाहेक सायदै होलान’ उनले भने ‘त्यसैले पनि मुख्यमन्त्रीको म प्रबल दाबेदार हुँ ।

राजधानी तराई तोकिएर मुख्यमन्त्री पहाड दिनुपर्ने कुरा चलेपछि भट्टलाई भने त्यो विषय छुट्टै लागेको छ । ‘म त्यसको विरोधी हुँ, म डोटीलाई पहिला देखि नै क्षेत्रीय सदरमुकाम सबैले स्वीकार गरिरहेकाले त्यहाँ अस्थाई राजधानी हुनुपर्छ भनेर म आन्दोलनमा पनि सहभागि भए, त्यसैले तराई र पहाडको कुनै कुरै छैन’ उनले भने । तराईमै राजधानी भएर तराईकै मुख्यमन्त्री पनि हुनसक्छ, तर पार्टीले सिनियरटी त हेर्छ होला नी ।’

दार्चुलाबाट मानबहादुर धामी पनि पार्टीको विभिन्न जिम्मेवारी सम्हालेका नेता हुन । उनी जनयुद्धका बेला तत्कालिन जनमुक्ति सेनाका व्रिगड कमाण्डर हुन । सेना समायोजनका बेला उनले पहिलो डिभिजन ईलाममा शिविरमा बसेपछि उनी राजीनितीमा खासै बाहिर आएनन । जनयुद्धका बेला विरमान चौधरी बटालियन कमिशार भएका बेला नै धामी ब्रिगेड कमाण्डार भईसकेको माओवादी स्रोतले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved