This is a test

चमेलिया जल विद्युत आयोजनाको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

0

नरेन्द्र कार्की, दार्चुला माघ २७ गते ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखर बलाँचमा निर्माण भएको चमेलिया जलविद्युत आयोजनाको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । २०६३ साल पुषबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको निर्माण सुरु भएको थियो ।

चमेलियाको उद्घाटन गर्दै देउवाले प्रदेश नम्बर ७, जलविद्युतको अथाह सम्भावनाको क्षेत्र भएको बताउदै कर्णाली र महाकालीको विद्युतले मात्रै प्रदेश धनी हुने बताउनुभयो । हिउँदयाममा समेत निरन्तर विद्युत उत्पादन गर्ने गरी निर्माण भएको प्रदेशकै ठुलो आयोजनाबाट पहिलो प्राथमिकता दार्चुलाबासीले पाउने प्रधानमन्त्री देउवाको भनाई थियो । चमेलियाबाट बर्षभरी बढी खपत हुने समय अथवा पिक आवरमा समेत विद्युत्त उत्पादन गर्न सकिने प्रविधि जडान भएको छ ।

यस्तै ढिलो गरी सम्पन्न भएपनि चमेलिया प्रदेश नम्बर ७ का लागि गौरव गर्न लायकको आयोजना बनेको उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले बताउनयो । उहाँले सरकारले अब सबै क्षेत्रको उर्जा उत्पादनलाई प्राथकिता दिदै अबको पाँच वर्ष भित्र सबैको घरमा उज्यालो पु¥याउन लाग्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झण्डै ८ अर्वको लागत स्टिमेट गरिएको चमेलियाको लागत १५ अर्व पुगेको बताउनुभयो ।

यस्तै आयोजना स्थल आसपासका बासिन्दाले चारवर्ष देखि गाढिएका पोलमा विद्युत नआएको बताएका छन । शैल्यशिखर नगरपालिका वडा नम्बर १ का सुरेन्द्रबहादुर तितराको घर अगाडि विद्युतको पोल गाडिएको चार वर्ष भयो तर अहिले सम्म विद्युत नबलेको उहाँले बताउनुभयो । दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर ७ थालीगाडमा सब स्टेशन निर्माण सम्पन्न भएपछि मात्रै जिल्लाबासीले चमेलीयाको विद्युत्त उपभोग गर्न पाउने छन् ।

नेपाल विद्युत्त प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरीयासँगको ठेक्का सम्झौता अनुसार गोकुलेश्वरदेखि महाकाली नगरपालिका ७ थालिगाड सम्मको २२ किलोमिटर ३३ केभिको विद्युत्त प्रशारण लाइन निर्माणको काम अहिले चलिरहेको छ । यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचका स्थानीयले आयोजना निर्माणको क्रममा भत्किएका संरचना पनि निर्माण नगरिदिएको गुनासो गरेका छन ।

आयोजना निर्माणको क्रममा खानेपानी आयोजनामा क्षति पुगेको छ । खानेपानी नहुँदा अहिले पनि स्थानीयले टाढाबाट पानी बाकेर खानुपरेको स्थानीय सुरेन्द्र तितराले गुनासो गर्नुभयो । यस्तै आयोजनाले बारिलसम्मको झण्डै पाँच सय मिटर सडक निर्माण गरिदिने भनेपनि बनाई दिएको स्थानीयल गुनासो गरेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved