This is a test

चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्नुहुने

0

नरेन्द्र कार्की, दार्चुला, माघ २७ गते ।

झण्डै १६ अर्व बढि बजेट खर्च पछि निर्माण सकिएको चमेलिया जलविद्युत आयोजनाको आज औपचारीक उदघाटन हुदैछ । आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले साढे ११ बजेपछि उद्घाटन गर्ने कार्यक्रयक्रम छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै उपप्रधान एवं उर्जामन्त्री कमल थापा, उर्जा राज्यमन्त्री जयन्त चन्द लगायतका नेता एवं उच्च पदस्थ अधिकारीको उपस्थितीमा उद्घाटन हुदैछ ।

चमेलीयाको उद्घाटनका लागि तीन वटा हेलीकप्टरमा प्रधानमन्त्री, उर्जामन्त्री, नेपाल विद्युत प्राविधरणका उच्च पदस्थ अधिकारी सहित ३२ जनाको टोली चमेलिया आउने कार्यक्रम तय भएको आयोजनाले जनाएको छ । लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको उद्घाटनका लागी पावर हाउँस क्षेत्र दुलही जस्तै सिङगारीएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखर बलाँचमा २०६३ साल पुषदेखि निर्माण कार्य शुरु गरिएको चमेलिया जलविद्युत आयोजना निर्धारित समयावधि भन्दा झण्डै ८ वर्षपछि निर्माण सम्पन्न भएको हो । ढिला गरि निर्माण कार्य सकिएपनि सफल योजनाको रुपमा सम्पन्न हुनु खुसीको कुरा भएको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो । ढिलै भएपनि चमेलीयाको उद्घाटनलाई लिएर स्थानीयबासी खुसी भएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved