This is a test

चक्रपथ निर्माणको काममा साथ दिदैँ नगरवासी

0

सीताराम ओझा, धनगढी माघ २८ गते ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत सवैभन्दा पहिले कार्यान्वयन गरिएको चक्रपथ निर्माणको कामले गति पाएपछि स्थानीय वासिन्दाहरु डुवानवाट छुटकारा पाईने भन्दै खुशी भएका छन । भन्सार हुँदै राजपुरसम्म चक्रपथ निर्माणको काम तिव्र गतिमा हुन थालेपछि स्थानीय वासिन्दा खुशी भएर निर्माणको काममा पनि सघाउन थालेका छन ।

झण्डै ९ किलो मिटरको चक्रपथ निर्माणको कामले गति लिएपछि स्थानीय वासिन्दाहरु खुशी भएका हुन । उनीहरुले चक्रपथ निर्माणको कार्यलाई जारी राख्न आफ्नो जग्गा समेत दिएर चक्रपथ निर्माणमा सघाईरहेका छन । चक्रपथ निमार्णहुनु एकलमै खुशीको कुरा भएको भन्दै वडा नम्वर ३ का भलमन्सा डवलवहादुर चौधरीले चक्रपथ निमार्ण समयमै हुनुपर्ने बताउनुभयो ।

चक्रपथ निर्माणमा स्थानीयको सहयोग रहने उहाँको भनाई थियो । कतिपय स्थानमा घर जग्गा सडक निर्माणमा परेका कारण विकासका काम रोकिएका वेला चक्रपथ आसपासका वासिन्दा भने हरेक वर्षामा डुवानको पिडा सम्झेर निर्माण कार्यमा सहयोग गरिरहेका छन । चक्रपथ निमार्ण भएपछिे डुवानबाट छुटकारा पाएर राहत हुने स्थानीय गंगालाल पोखरेलले बताउनुभयो ।

विकास निर्माणले तिव्रता पाएका वेला त्यसको गुणस्तरीयता र दिगोपनाका लागि नगरवासीहरु सचेत पनि भईरहेका छन । केही समय अगाडीसम्म आफ्नै घर आगनमा हुने विकास प्रति चासो नलिने गरिएकोमा अहिले भने सहयोगी भुमिका खेलिरहेका छन । नगरवासीहरु सहयोग गर्न थालेपछि विकास निर्माणको काम गर्ने जिम्मा पाएका निर्माण व्यवसायीहरुलाई पनि गुणस्तरीय काम गर्न र समयमै सम्पन्न गर्न दवाव परेको छ ।

स्थानीय वासिन्दाको सहयोगका कारण अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न गरेको केएस कन्ट्रक्सनका निर्माण क्षेत्रका ईन्चार्ज विक्रम स्वारले बताउनुभयो । यसअघि सम्पन्न गरिएका धेरै विकास निर्माणका कामहरु निर्माणकै क्रममा भत्किने, निर्माण सम्पन्न भएको केही समयमै भत्किने टुटफुट हुने, गरेका छन । तर अहिले जनप्रतिधिहरु आएपछि, खबरदारी गर्ने क्रम बढेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved