This is a test

चक्कु प्रहार गरी एक युवकको हत्या

0

विपी अनमोल, महेन्द्रनगर२ माघ
कञ्चनपुरमा एक महिलाले चक्कु प्रहार गरी युवकको हत्या गरेकी छिन् ।  कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानस्थित डेरामा सोमबारराति चक्कु प्रहार गरी हत्या गरेकी हुन् । कैलालीको धनगढी उपमहानगरपालिका ३ चटकपुर घर भएकी ३० वर्षिया धर्मा बोहराले बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौ बस्ने ३५ वर्षिय राजु बोहराको हत्या गरेकी हुन् ।
दुवै जना एकमहिना देखी एकसाथ कटानस्थित डेरामा बस्दै आएका थिए । हत्या गर्ने महिला बिवाहित भएको प्रहरीले जनाएको छ । उनको श्रीमान र छोराछोरीहरु धनगढीमा बस्दै आएका छन् । सोमबारराति साढे १२ बजेको समयमा महिलाले घाँटीमा चक्कु प्रहार गरी सख्त घाईते बनाएकी थिईन् ।
सख्त घाईते अवस्थामा प्रहरीलाई खबर भएपछि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याईएको थियो । अस्पतालमै उपचारका क्रममा राति साढे १ बजे बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।
प्रहरीले हत्या गर्ने महिला धर्मा बोहरालाई नियन्त्रणमा लिएको छ । हत्या गरिएका राजु बोहरा सशस्त्र प्रहरी बल प्रहरी जवान पदबाट निलम्बन भएका व्यक्ति हुन् । उनीहरु दुईबीच पारिवारीक नातासम्बन्ध समेत रहेको र पुराको आर्थिक कारोबारको विषयलाई लिएर विवाद हुदै आएको प्रारम्भिक बयानमा खुलेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न महिला एकमहिना अघि धनगढी घर छोडेर कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानमा डेरा लिएर निज राजु बोहरासंग बस्दै आएकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घट्नाको अनुसन्धान अगाडी बढाईएको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved