घोडाघोडी अस्पतालमा सिकलसेलको निःशुल्क उपचार सेवा सुरु

0

धनगढी, २७ साउन ।

निजी क्षेत्रबाट सञ्चालित कैलालीको घोडाघोडी अस्पताल प्रालिमा सिकलसेल एनिमिया रोगको निःशुल्क उपचार सेवा सुरु भएको छ । यसअघि, सरकारी अस्पताललाई मात्रै निःशुल्क उपचारका लागि सिफारिस गरेको स्वास्थ्य मन्त्रालयले घोडाघोडीलाई समेत सूचीकृत गरेपछि बिहीवारदेखि निःशुल्क उपचार सेवा सुरु भएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सिकलसेलका एक विरामीलाई निःशुल्क औषधि हस्तान्तरण गरेर उक्त सेवाको उद्घाटन गर्नुभयो ।

यसैगरी, सिकलसेल परिक्षण गर्ने ‘इलेक्ट्रो प्रोसेसिङ् मशिन’, तथा सिकलसेल विरामीहरुलाई परामर्श दिनका लागि अस्पतालले सञ्चालन गरेको अनुवाङ्शिक परामर्श केन्द्रको पनि उद्घाटन गरिएको छ । आफ्नै ठाउँको अस्पतालमा सिकलसेलको निःशुल्क उपचार हुने व्यवस्था भएपछि रोग निको हुने आशा पलाएको वडा नम्बर १ कौहाकी १८ वर्षीया एक विरामीले बताउनुभयो । उहाँले गतवर्ष आफूमा सिकलसेल लागेको पुष्टि भएको जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved